पाँचपोखरी गाँउपालिका नेपालको पूरानो प्रशासनिक विभाजन अनुसार मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा र हाल बागमती प्रदेश मा पर्दछ । पाँचपोखरी यो पालिकाको नाम प्रसिद्द धार्मिक र पर्यटकीय स्थल पाँचपोखरी सँग जोडिएको छ । यो गाउँपािलकाको स्थापना २०७३ सालमा राज्यको पुर्नसंरचना सँगै भएको हो । पुर्वमा जुगल, पश्चिमा हेलम्वु गाउँपालिका उत्तर तर्फ रसुवा र लाङटाङ राष्ट्रिय निकुञ्ज साथै दक्षिण तर्फ मेलम्ची नगरपालिका पर्दछ । यो गाउँपालिकाका नामाकरण भएको स्थल पाँचपोखरी यहि पालिकाको वडा नं ३ भोताङको भौगोलिक क्षेत्र भित्रको राष्ट्रिय निकुञ्जमा पर्दछ । यो पालिकाको कुल क्षेत्रफल १८७.२९ बर्ग क
सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियानका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकामा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सिडियो साबको उपस्थितिमा सम्पन्न भएको छ । पालिकाका सबै वडाहरुमा २०७९ बैशाख पहिलो हप्ता देखि यो अभियान शुरु हुनेछ । आआफ्नो वडामा आफ्नो पालोमा निम्न सक्कल प्रमाण सहित उपस्थित भई विवरण यकिन गरी दर्ता गराउनु हुन सम्बन्धित सबैलाई अनुरोध छ । यो अभियान प्रत्येक वडामा करिब १५ दिनसम्म सञ्चालन हुनेछ । पछि परिचय पत्र छापिएर आएपछि वितरण गर्दा पुनः छुट्टै अभियान सञ्चालन हुनेछ ।
निम्नः
१. नेपाली नागरिकताको सक्कल प्रमाण पत्र अनिवार्य
२. नागरिकतामा जन्ममिति नखुलेमा मिति खुल्ने प्रमाण
३. नागरिकतामा भन्दा फरक ठेगाना भएमा वसाइसराई
४. नागरिकतामा पति पत्नी नखुलेको हकमा विवाह दर्ता प्रमाण
५. नागरिकतामा अंग्रेजी नाम नभएकोमा भरसक अंग्रेजी नाम खुल्ने कागजात
६. विवरण पुष्टी गर्ने अन्य कागजातहरु आवश्यकतानुसार जस्तैः मुत्यु दर्ता, सम्बन्ध विच्छेद आदि ।
मिति २०७८ माघ २६ गते पाँचपोखरी थाङ्पाल गाउँपालिकाले ९ औं (बिशेष) गाउँसभा सम्पन्न गरेको छ ।
कुखुरा पालन सम्बन्धि सिप विकास तालिम सञ्चालन
प्याराग्लाइडिङको सफल परीक्षण उडान
सूचना प्रविधि मैत्रीपूर्ण पालिका वनाउने उद्येश्य अनुरूप आजबाट औपचारिक रूपमा दर्ता चलानीलाई सफ्टवेयरबाट सञ्चालन गर्नु हुँदै पालिका अध्यक्ष टासी लामा ज्यु ।