FAQs Complain Problems

समाचार

ग्यालरी

राष्ट्रिय एकिकृत विपद् सूचना व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापनका लागि यस आ.व. २०७९/०८० मा पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नं.६ मा मिति २०७९ साल माघ ५ गतेबाट विधिवत रुपमा शुभारम्भ भएको तथ्याङ्क संकलन ८०% कार्य सम्पन्न भएको छ ।

मिति: 03/07/2023 - 10:39

जिल्ला समुन्वय समितिबाट गरिएको अनुगमनका क्रममा ।

मिति: 03/03/2023 - 13:46
, , ,

जलवायु परिवर्तनका स्थानीय असरहरुलाई न्यूनीकरण गरी संकटासन्न समुदाय तथा घरपरिवारको अनुकूलन क्षमता बृद्धि गर्न स्थानीय सरोकारवाला, सेवाप्रदायक र सेवाग्राहीहरुको प्रत्यक्ष सहभागितामा तयार पारी कार्यान्वयन गर्न यो योजना बनाईएको छ । स्थानीय अनुकूलन योजना (Local Adaptation Plan for Action, LAPA) तर्जुमा तथा पुनताजगीकरणका लागि मिति २०७९ साल फाल्गुन २ र ३ गते धुलिखेलको सनराई होटलमा आयोजना भएको यस कार्यक्रम आयोजक आर्सो नेपाल तथा प्रशिक्षक सुसिला चाटर्जी म्याडमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।

मिति: 02/16/2023 - 09:57
, , , ,

पाँचपोखरी थाङपाल गाउँपालिकाले आ. व. २०७८/०७९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा पालिकाका अध्यक्ष श्री टासी लामा ज्युूको अध्यक्षतामा भएको थियो भने पालिकाका प्रमुख सल्लाहकार शिशिर वाईबाले अथितिको आसन ग्रहण गर्नुभएको थियो कार्यक्रममा आठै वडाका वडाअध्यक्ष कार्यपालिका सदस्य ज्यूहरु उपस्थिति रहेको थियो । आ.व.

मिति: 08/07/2022 - 13:42
, ,

मिति २०७८ माघ २६ गते पाँचपोखरी थाङ्पाल गाउँपालिकाले ९ औं (बिशेष) गाउँसभा सम्पन्न गरेको छ । गाउँसभाको उदघाटन गाउँपालिका अध्यक्ष श्री टासी लामा ज्यू बाट भएको थियो । बिशेष गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष श्री सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश कुमार पोखरेल लगायत, सम्पूर्ण वडाका निर्वाचित सभा सदस्यहरु,गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु लगायत स्थानीय राजनैतिक दलहरुको सहभागिता रहेको थियो । यस पटक पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बिशेष गाउँसभा गरेकोमा अध्यक्ष टासी लामाले जोड दिनुभएको थियो कार्यक्रमको उदघाटन गर्दै लामाले सर्वसम्वत रुपमा सम्पन्न भएको जानकारी दिनुभएको छ । यो पटकको अन्ति

मिति: 02/09/2022 - 18:36

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. १ मा कुखुरा पालन सम्बन्धि सिप विकास तालिम सञ्चालन भएको छ यस कार्यक्रममा वडा नं. १ का कुखुरा पालन गरिरहेका र गर्न इच्छुक कृषकहरुको सहभागी रहेको छ भने यो तालिम मिति २०७८ साल माघ ११, १२ र १३ गते सम्म सञ्चालन हुने छ ।

मिति: 01/26/2022 - 12:16
, ,

पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. २ को आमायाङ्ग्री समुन्द्री सतह देखी ३७७१ मि उच्चाईबाट  ज्योमोथाङ् चौर सम्म  प्याराग्लाइडिङको सफल परीक्षण उडान पाईलट श्री नुरेन राणाबाट भएको थियो भने, हिमालमालका मनोरम दृश्यहरु हेर्दै  आकाशमा उडाउन पाउँनु यो क्षण अभिष्मरणिय रहने छ  साथै ३५ सय मिटर भन्दा माथिको यो पहिलो परिक्षण भएको  आयोजक  पर्यटन पर्वधन समितिका अध्यक्ष श्री सुबास तामाङले बताउनुभएको छ ।

मिति: 01/26/2022 - 12:03
, , ,

सूचना तथा संचार प्रविधिको माध्यम वाट मात्र सुशासन हुन सक्छ भन्ने विश्वव्यापी मान्यतालाई नेपाल ले अंगीकार गरिरहेको परिपेक्षमा E-Governance अर्थात् विधुतीय शासनको अबधारणा कार्यन्वयन गर्न सुचना तथा संचार प्रविधि अपरिहार्य छ र राष्ट्रको समग्र विकासको लागि स्थानीय तहहरु सूचना तथा संचार प्रविधिमैत्री हुनु अति नै आवश्यक छ भन्ने मान्यता अनुसार सूचना प्रविधि मैत्रीपूर्ण पालिका वनाउने उद्येश्य अनुरूप आजबाट ‌औपचारिक रूपमा दर्ता चलानीलाई सफ्टवेयरबाट सञ्चालन गर्नु हुँदै पालिका अध्यक्ष टासी लामा ज्यु ।

मिति: 12/21/2021 - 17:02
, , ,

पाँचपोखरी थाङ्पाल गाउँपालिका अन्तरगतका सामुदायीक विद्यालय तथा स्वास्थ्य चोकीहरुमा स्यानेटरि प्याड बितरण कार्यक्रमका केहि झलकहरु ।

मिति: 12/01/2021 - 13:13
, , , ,

Pages