समाचार
निति तथा कार्यक्रम
मुलुकमा संघीयताको कार्यान्वयन सँगै स्थापना भएका स्थानीय सरकारको रुपमा यो गाउँपालिकाले विभिन्न क्षेत्रबाट आवश्यक राय सल्लाह सुझाब लिदै चौथो आ.व. को पाँचौ बजेट कार्यक्रम तर्जुमा गर्न लागिरहेका छौं । हिमाली गाउँपालिका र भौगोलिक विकटता रहेको यस क्षेत्रका असिमित आकांक्षा र चाहनालाई सीमीत श्रोत साधनबाट पुरा गर्न केही कठीन भएता पनि यस गाउँपालिकाको विविध क्षेत्रको विकास निर्माण लगायत संस्थागत विकास गर्न केही हदसम्म उपलब्धि हाँसिल गरिएको छ । मुलुक ३ तहको सरकारको अभ्यासमा गईरहेको अवस्थामा अन्योलता र अनुभव विहिन अवस्थाबाट शुरु गरिएका कार्यहरुले सबैको भावनालाई समेट्न नसकेता पनि आम जनमानसमा विकास निर्मााण र सेवाका केही आशा र भरोसाका साथ जग स्थापना गर्ने कोशिस गरेका छौं र यस गाउँपालिकाको समग्र विकास गर्न भौगोलिक कठीनाई सडक पूर्वाधारको दुरावस्था हुँदा हुँदै पर्याप्त श्रोत साधनको अभावले जटीलता सिर्जना गरेको भएता पनि यही क्षेत्रमा सडक, खानेपानी, सिँचाई, भवन, पर्यटन शिक्षा जस्ता पूर्वाधार क्षेत्रमा ठुलो लगानी गरी कृषि र पर्यटन मार्फत समुन्नत गाउँपालिका बनाउन अझै पनि प्रशस्त मेहनत गर्नु पर्ने र श्रोत साधन जुटाउनु पर्ने अवस्था विद्यमान रहेकोछ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को दोस्रो लहर चलिरहेक अवस्थामा अचानक मिति २०७८ अषाढ १ गतेका दिन पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेका याङग्री र लार्के खोलाको मुहान गन्छयोम्बो हिमालको फेदबाट आएको भिषण बाढी पहिरोबाट अत्याधिक वहाव बढी हाम्रो गाउँपालिका अन्र्तगतका सुनचौर, महिखर्क तासिवा, रिपार, लार्के र तिपेनी क्षेत्र सहित मेलम्ची बजार समेत डुबानमा परेको छ । साथै सोहि राती हेलम्बु गाउँपालिकामा मेलम्ची खोलामा आएको बाढीले समेत डुबानमा पर्न गएको छ ।
सोही कारणले हाम्रो गाउँपालिकाको सम्पूर्ण मेहनत यसै तर्फ केन्द्रित हुनपर्दा आ.व. २०७७/०७८ का लागि तय गरिएका नीति कार्यक्रमले लिन खोजेका केही उद्देश्य र लक्ष्यहरु ओझेलमा पर्न गएका छन् । बाढी पहिरोले भएको करोडौंको भौतिक क्षति तथा मानवीय क्षति भएको छ । उक्त बाढी पहिरोमा ज्यान गुमाउने हाम्रो गाउँपालिका र छिमेकी पालिकाहरुका नागरिक प्रति हार्दिक श्रद्धाञ्जली दिदैं घाईते प्रती सिघ्र स्वास्थ्य लाभका कामना गर्दछु । बाढी पहिरोबाट भएको क्षतिको पुर्ण तथ्याङक संकलन गरी तत्काल बाढी पिडितलाई राहत पुर्नवास तथा खाद्यान्नको लागि अल्पकालिन कार्ययोजनाहरु र दिर्धकालिन योजनाहरुमा वस्ती स्थानान्त्रण, पक्कीपुल, झोलुङगे पुल, विद्यालय, स्वास्थ्य चौकीहरुको पुर्ननिर्माण पहिलो प्राथमिकतामा राख्नु पर्ने देखिन्छ । भने तिपेनीमा संचालनमा रहेको अस्पतालमा विशेषज्ञ डाक्टर र अन्य कर्मचारीको व्यवस्था गरी गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन नसकिरहेको अवस्थामा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणको रोकथाम, न्यूनिकरण र बाढी पहिरो नियन्त्रण गर्न हामीलाई अत्यन्त कठीन भएको छ । यद्यपि आम नागरिक, जनप्रतिनिधी, राजनीतिक पाटी, कर्मचारी र संघ संस्थाहरुको सौहार्दपुर्ण सहयोग र आत्मिय भावनाले गर्दा यस क्षेत्रमा कोरोना भाइरस विरुद्ध गरिएका क्रियाकलाप र बाढी पहिरो रोकथाम तथा नियन्त्रणले सार्थकता पाएको छ ।
आ.व. २०७८/०७९ को नीति कार्यक्रम बजेट तर्जुमा गर्दा स्थानीय समस्या, चुनौति र आवश्यकतालाई सम्वोधन र समाधान गर्ने गरी कोभिड १९ लगायत बाढी पहिरो तथा अन्य महामारी जन्य रोगलाई समेत नियन्त्रण र रोकथाम गर्ने प्रयास स्वारुप विपद् व्यवस्थापन कोष, प्रकोप व्यवस्थापन कोष निर्माण गरी बजेट कार्यक्रम तय गरिएको छ । विकास निर्माण प्रति आम नागरिकको लगाव र यस क्षेत्रको पहिलो प्राथमिकतामा रहेको सडक संरचनालाई गुणस्तरीय बनाउनु पर्ने आवश्यकता र बाध्यतालाई मध्यनजर गरी “पाँचपोखरी थाङपाल समृद्धीको आधार –पर्यटन कृषि वन र जलाधार” दिर्घकालीन सोचलाई पुरा गर्न यो नीति कार्यक्रम तय गरीएको छ । समृद्धीको बाटोमा सबै एकमत भई यस क्षेत्रको विकटता र अप्ठेरोलाई एकादेशको कहानी वनाउने गरी आगामी पुस्तालाई समुन्नत पाँचपोखरी थाङपाल गाउँपालिका हस्तान्तरण गर्नको लागी आ.व. २०७८/०७९ को नीति कार्यक्रम बजेटलाई सफल बनाउन सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्न चाहन्छौं ।
कोराना भाइरस कोभिड १९ को संकमणबाट सवैक्षेत्रमा परेको अवस्थालाई मध्यनजर गरी यस क्षेत्रमा कोभिड अस्पताल संचालन तथा विपद् व्यवस्थापनसँगै राहत, रोजगारी सिर्जना गर्ने, कृषि र पर्यटन क्षेत्रमा परेको जोखिमलाई न्यूनिकरण गर्न विशेष कार्यकम सञ्चालन गरी यस क्षेत्रका समुदायमा परेको सामाजिक तथा मनोबैज्ञानिक असरलाई सम्बोधन गर्ने गरी आ.व. २०७८/०७९ को बजेट कार्यकम तर्जुमा गर्न यो नीति तथा कार्यक्रम तय गरीएको छ ।