समाचार
वडा नं २ बरुवा
पाँचपोखरी थाङ्पाल गाउँपालीका वडा नं २ बरुवा
गाँउपालिकाको वडा नं. २ मा बरुवा रहेको छ। ४६.१ + ९१.०९ वर्ग कि.मि. क्षेत्रफल रहेको यस वडाको पूर्वमा पाँचपोखरी थाङपाल गाँउपालिका बड़ा नं.३, ४ र ६ (क्रमशः भोताङ, थाङपालकोट र थाङपालधाप), पश्चिममा पाँचपोखरी थाङपाल गाँउपालिका वडा न.१ (बाँसखर्क) र हेलम्बु, उत्तरमा हेलम्बु र पाँचपोखरी थाङपाल गाँउपालिका वडा न.३ (भोताङ) तथा दक्षिण तर्फ पाँचपोखरी थाङपाल गाउपालिका वडा नं १ (बाँसखर्क) अवस्थित छ । यहाँको स्थानीय, बुध्दिजिवी, वृद्धवृद्धाहरु तथा स्थानिय अगुवाहरुको भनाई अनुसार ह्योल्मो भाषामा "भ्रावाल' बाट यस ठाउको नाम रहन गएको भन्ने बुझिन्छ, जसको अर्थ "भ्रा" भन्नाले भीर भएको ठाउ र "बाल" भनका बासिन्दा अर्थात भीर भएको ठाँउमा बस्ने मानिसहरु भन्नेसँग पनि सम्बन्धित रहेको छ । जस अनुसार अर्को अर्थमा नौ वटा पहरा वा भीरहरुको एकिकृत भूभागलाई ‘भ्रावाल" कालान्तरमा वरुबा रहन गयो । अर्को अर्थमा बरुवाको नाम सम्बोटा लिपि अनुसार डाकवाल ब्रावाल ब्रावाललाई नेपाली भाषामा बरुबा डाक भनेको ठाँउ, स्थान, गाँउ भन्ने बुझिन्छ । कुनै एक समयमा अनिकाल लागेको बेला काँहिकतै नपाउदा यस ठाँउमा पाएको जहां अन्नको भण्डार रहेको भरुहरुको ठाँउ भरुवाल बाट नै वरुवा भएको भन्ने पनि छ । त्यस्तै, तामाङ भाषाबाट यस ठांउलाई “भ्रगु' अर्थात नौ वटा भीर मिलेर गौउ भनेर मान्ने गरेका छन्, किनकी यस ठांउमा धेरै नै भीरहरु पनि रहेका छन् । सम्बोट लिपी अनुसार यस गाँउलाई "ढावल" भन्ने गरेको भन्ने भनाई रहेको छ, जस अनुसार "ढा" पहाड, भीर तथा "वाल" भनेको स्थानीय बासिन्दा जसको पूर्ण अर्थ भीरमा बस्ने स्थानीय मानिसहरु भन्ने बुझिन्छ । तसर्थ, जुन जुन भाषामा जे भनेता पनि समग्रमा यस ठाँउमा धेरै भीर भएको हुनाले यस ठाँउको नाम भीरसँग बढी सम्बन्धित रहेको छ । अनिकालको बेलामा पनि यहाँ धेर अन्नबाली भएको र यहाँको मानिसहरु बरु (धनीहरु) भएकाले बरु बाट नै अपभ्रंश भएर बरुवा रहन गएको हो ।
बरुवा प्राकृतिक हिसावले विभिन्न हावापानी तथा छरिएको भुगोल भएको वडा हो । यहाँका मानिसहरु विशेष गरी तामाङ जातीहरु उत्तरी तिब्बतबाट आएको भन्ने भनाईहरु रहेको छ । यहाँ धार्मिक हिसाबले धेरै स्थानहरु रहेका छन्, विशेष गरी शेर्माथाङबाट झरेको हुनाले धेरै पवित्र झरनाहरुको स्थान पनि भनिन्छ । भोट बर्मेली भाषामा “सेर कि होजा" भनेको स्वर्ण धारा भन्ने अर्थ हुन्छ, यहीं शब्द अपभ्रंश भएर हाल शेर्माथाङ भएको भन्ने एक थरीको भनाई छ यहाँको अधिकांश भूभाग भीर पाखा भएता पनि तल्लो भेग (बेंसी) मा अन्नबाली राम्रो फल्दछ । माथि तीर बढी जसो मकै, कोदो तथा आलुहरु पाईन्छ । यहाँका अधिकांश मानिसहरु वैदेशिक रोजगारीमा रहेको तथ्याङ् घरधुरी सर्वेक्षणले देखाएको छ । कतिपय मानिसहरु अझै पनि परम्परागत कृषिमा नै निर्भर रहेका छन् । यहाँका मुख्य बस्तीहरु सिमपानी, घ्याङटोल, ग्याङखर्क, याङरी, बोलगाँउ, सुनचौर, रिपार तथा साल्मे हुन् । यहाँको प्रसिद्ध तथा पर्यटकीय स्थलको रुपमा आमा याङ्ग्री, छोथाङ हङजेन, डुफ, डुक्फ गुफा, शेरा फाट र दुधकुण्ड रहेको छ।
पाँचपोखरी थाङपाल गाँउपालिकाले २०७४/२०७५ गरेको घरधुरी सर्वेक्षण अनुसार यहाँको घरधुरी संख्या ८४० रहेको छ, कुल जनसंख्या ४,०३२ रहेको छ भने महिलाको संख्या १,९४३ र पुरुष २,०८९ रहेको छ । यहाँ सबैभन्दा बढी ६१२ घरपरिबार तामाङ, दोस्रोमा शेर्पा ९० परिवार, तेस्रोमा ह्योल्मो जाती ७४ रहेका छन् भने सबैभन्दा कम बाहुन जातीका जम्मा २ घरपरिवार रहेका छन् । यहाँको जनघनत्व ८७.५३ रहेको छ।
पाँचपोखरी थाङपाल गाउँपालिका २ नं वडा बरुवा
- जम्मा क्षेत्रफल ४६.१ + ९१.०९ वर्ग कि.मि.
- सविकको बरुवा वडा नं १ देखि ९ सम्म समेटिएको
- जन्संख्या जम्मा २०७४/२०७५ अनुसार ४,०३२ पूरुष २,०८९ र महिला १,९४३
- जम्मा घरधुरी संख्या ८४७
- मूख्य जातजतिहरु तामाङ,शेर्पा ,ह्योल्मो,क्षेत्री,ब्राह्मण, वि.क.,नेपाली,सार्की र गुरुङ
- धर्म बौद्,हिन्दु र ईसाइ
- मुख्य चाडपर्वहरुमा दशैं,तिहार,ल्होसार,जनैपूर्णीमा लगाएत अन्य
- यहाँको जनघनत्व ८७.५३ रहेको छ ।
विद्यालयहरु
श्री चण्डिका माध्यामिक विद्यालय
श्री गणेश आधारभुत विद्यालय
श्री धाङजला आधारभुत विद्यालय
श्री याङग्रीमा एकेडेमिक सेन्टर ( गुठ्ठी वाट संञ्चालित विद्यालय
स्वास्थ्य संस्था
बरुवा स्वास्थ्य चौकी भवन
बोलगाउँ स्वास्थ्य इकाई
याङग्री गाउँघर क्लिनिक
साल्मे कुनफेन स्वास्थ्य संस्था
धार्मिक तथा पर्यटकिय स्थलहरु :
आमायाङग्री ,छोथाङ हङजेन,ढुक्फु,ढुक्फी गुफा ,दुधकुण्ड
लगाङ गुम्वा, बगाङ गुम्वा ,मेन्छु दुप्चे ,भुभेथान,ठेकालासा विभिन्न गुम्वा ,झरना, दाङरीमा लगाएतका स्थानहरु ।
कृषि पशुपालन :
- गाई,भैसी,बाख्रा,गोरु,याक,चौरी,बङगुर,कुखुरा आदि
- धान,मकै,गहु,कोदो,आलु,करु ,अदुवा,बेसार प्याज,लसुन,विभिन्न फलफुलहरु ।
पुर्व वडा पदाधिकारीहरुको विवरण:
क्र.म. |
नाम |
पद |
सम्पर्क |
फोटो |
---|---|---|---|---|
१. |
श्री पासाङ लामा |
वडा अध्यक्ष |
९८०३९१९५३५ |
|
२. |
श्री दोर्जे नेटुप शेर्पा |
सदस्य |
९६२११६२४५७ |
|
३. |
श्री पेम्वा शेर्पा |
सदस्य |
९८६१३००६०८ |
|
४. |
श्री रेन्जेन लमिलि |
महिला सदस्य |
९८०८४६७५२६ |
|
५. |
स्व. |
|
|
|