FAQs Complain Problems

समाचार

शिक्षा युवा तथा खेलकुद शाखा प्रोफईल

      पाँचपोखरी गाउँपालिका नेपालको प्रशासनिक विभाजन अनुसार मध्माञ्चल विकास क्षेत्र अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा र हाल वागमती प्रदेशमा पर्दछ । पाँचपोखरी यो पालिकाको नाम प्रसिद्व धार्मिक र पर्यटकीय स्थल पाँचपोखरी संग जोडिएको छ । यो गाउँपालिकाको स्थापना २०७३ सालमा राज्यको पुर्नसंरचना संगै भएको हो ।पूर्वमा जुगल पश्चिममा हेलम्वु गाउँपालिका उत्तर तर्फ रसुवा र लामटाङ राष्ट्रिय निकुञ्ज साथै दक्षिण तर्फ मेलम्ची नगरपालिका पर्दछ । यो गाउँपालिकाको नामाङकरण भएको स्थल पाँचपोखरी यहि गाउँपालिकाको वडा नं ३ को भोताङको भौगोलिक क्षेत्र भित्रको राष्ट्रिय निकुञ्जमा पर्दछ । यो पालिकाको कुल क्षेत्रफल १८७.२९ वर्ग कि.मि रहेको छ भने समुन्द्रि सतहवाट ४१०० मि. को उचाईमा यस पालिको उच्च भू-भाग पाँचपोखरी पर्दछ । नेपाल सरकारको निर्णयानुसार साविकका वाँसखर्क ,वरुवा ,भोताङ, थाङपालकोट, गुन्सा ,थाङपालधाप, भोटेनाम्लाङ र लाँगर्चे गा.वि.स हरु समेटेर पाँचपोखरी थाङपाल गाउँपालिका घोषणा गरिएको थियो । वन, उर्वर, कृषि, जमिन, नदीनाला र जैविक विविधता जस्ता प्राकृतिक सम्पदा यथेष्ट उपलव्धता शिक्षित मानविय श्रोतमा वृद्दि जनसांख्यिक लाभांसको अवरस उपलव्ध हुनु शैक्षिक तालिम केन्द्रहरुको संचालन पर्यटकीय गन्तव्यको लागि प्रशस्त स्थानहरु हुनु बहुमूल्य प्रशस्त जडिवुटीहरु प्रशस्त मात्रामा रहनु तथा धार्मिक महत्व वोकेका प्रसिद्द स्थानहरुहुनु यस गाउँपालिकाको दिगो विकासका आधार स्तम्भका रुपमा रहेका छन । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको वसोवास रहेको छ ।

यस पालिकामा पाश्वचित्र सर्वेक्षण २०७५ अनुसार कुल घरधुरी संख्या ७८०३ रहेको छ ।

महिला

पुरुष

जम्मा

१६९६४

१७७३३

३४६९७

 

क्र.स.

जात थर

घरधुरी

प्रतिशत

तामाङ

४६५०

५९.५९%

क्षेत्री

९७३

१२.४९%

दलित

५२४

६.७१%

नेवार

४५७

५.८७%

अन्य

२९१

३.३७%

हेल्मो

२२८

२.२९%

गुरुङ

१९७

२.२५%

शेर्पा

१६१

२.०६%

व्राहमण

१५७

२.०१%

१०

भूजेल

९०

१.१५%

११

दनुवार

५५

०.७०%

१२

मगर

२०

०.२५

जनसंख्याको विवरण तालिका

विवरण

गणना वर्ष

गा.पा घरधुरी सर्वेक्षण

२०५८

२०६८

२०७४

जनसंख्या

२२१२७

२०८६०

३४६९७

परिवार संख्या

४७१५

५००७

७८०३

जनसंख्याको

लैङ्गिक अनुपात

१०२.८६

१०३.४१

१०४.५३

जनघनत्व

११९

११२

१८६

‌औषतवृद्दिदर (१०-१० वर्षमा)

 

-५.७२%

६६.३३

परिवारको औषत आकार

४.६९

४.१६

४.४४

स्रोत : पाँचपोखरी थाङ्पाल गाउँपालिका घरधुरी सर्वेक्षण २०७५

वडा अनुसार घरधुरी तथा जनसंख्याको विवरण

वडा नं

घर परिवार संख्या

पुरुष

महिला

जम्मा

क्षेत्रफल वर्ग

कि.मि

जनघनत्व

मुख्य वस्तीहरु

९५७

१९८४

१९९१

३९७५

१४.९७

२६५.५३

डाङदुवा, रामाटे, घ्याङटोल, जतन, पुजारी टोल ,बजिखोर सेव

८४०

२०८९

१९४३

४०३२

४६.१

८७.४६

सिमपानी, घ्याङटोल, ग्याङखर्क, याङरी, वोलगाँउ, सुनचौर, रिपार, साल्मे, वाङदाङ ,रिपार

९५४

२५१०

२३०३

४८१३

२८.६२

१६८.१६

यार्सा, ठूलो भोताङ, छिम्ती, मजुवा, ,म्यूगाँउ, घ्याङसिङ

९७२

२३६८

२३४०

४७०८

२१.८

२१५.९६

रैथाने, मानेखर्क, खलंगा, नाघीघ्याङ ,ढाडखर्क, ढुप्चेत, कोटगाउँ

६९०

१६८९

१५८२

३२७१

२४.२४

१३४.९४

थाङपाल क्षेत्र

१२०७

२५७६

२४७४

५०५०

१३.७७

३६६.७३

सिमपानी, डाडाटोल, मित्रता चोक, टार, लेखर्क, आमदुर्गे, शेरा, स्कुल एरिया, पौडेल डाँडा, आरुबोटे, थुम्की, थले ,मुडे, नेवारटोल

१४१४

२७७०

२६५२

५४२२

२१.१२

२५६.७२

तिपेनी वारी वजार, माझरुम्टी, भोटेगाउँ ,छाप, पण्डित, टोल देवीथान, सिलवाल

७६९

१७४७

१६७९

३४२६

१६.६७

२०५.५१

ओख्रेनी, ओडारे, घ्याङटोल, गुरुङ टोल, लप्से, कोट गाउँ, आगें, पुरानो गाउँ, लाँगर्चे माध्यमिक विद्यालय, क्षेत्र कार्यालय क्षेत्र ।

श्रोत पाँचपोखरी थाङपाल गाउँपालिका घरधुरी सर्वेक्षण (२०७५)

उमेर र लिङ्गका आधारमा जनसैख्याको विवरण ।

उमेर समुह

महिला

पुरुष

जम्मा

५ वर्ष भन्दा मुनि

१४७२

१६०२

३०७४

६-१८ वर्ष सम्म

४०६५

४३३७

८४०२

१९-४५ वर्ष सम्म

७९७०

८२७३

१६२४३

४६-७५ वर्ष सम्म

३१०६

३२३४

६३४०

७५ वर्षसम्म भन्दा माथि

३५१

२८७

६३८

श्रोत पाँचपोखरी थाङपाल गाउँपालिका घरधुरी सर्वेक्षण ( २०७५)

मातृभाषाको आधारमा जनसंख्याको विवरण

क्र.सं

मातृभाषा

घरपरिवार

प्रतिशत

कैफियत

नेपाली

२१५५

२७.६१

 

तामाङ

४४८७

५७.५०

 

शेर्पा

१६२

२.०८

 

नेवार

४२५

५.४५

 

ह्योल्मो

४०५

५.१९

 

गुरुङ

११६

१.४९

 

दनुवार

३९

०.५०

 

अन्य

१४

०.१८

 

 

जम्मा

७,८०३

१००

 

श्रोत पाँचपोखरी थाङपाल गाउँपालिका घरधुरी सर्वेक्षण ( २०७५)

धर्मको आधारमा जनसंख्याको विवरण

क्र.स.

ध्रर्म

घरपरिवार

प्रतिशत

हिन्दु

२३६८

३०.३५

बौद्ध

५३०६

६८

क्रिश्चियन

१२९

१.६५

जम्मा

७,८०३

१००

श्रोत पाँचपोखरी थाङपाल गाउँपालिका घरधुरी सर्वेक्षण ( २०७५)

वडा अनुसार साक्षरता प्रतिशत विवरण

वडा न.

साक्षरता दर

गणना वर्ष २०६८

औषतमा

४६.५७

महिला

३७.३९

पुरुष

५५.२२

औषतमा

३७.३१

महिला

३४.५७

पुरुष

३९.९५

औषतमा

४२.४४

महिला

३५.३९

पुरुष

४८.४६

औषतमा

४९.७५

महिला

४२.३९

पुरुष

५७.४१

औषतमा

४५.५७

महिला

३९.३१

पुरुष

५१.१५

औषतमा

५४.७०

महिला

४५.८०

पुरुष

६३.५५

औषतमा

४२.५६

महिला

३५.३५

पुरुष

४९.६०

औषतमा

४४.५२

महिला

३७.७४

पुरुष

५१.६२

जम्मा

औषतमा

४५.४६

 

महिला

३८.४९९

 

पुरुष

५२.१२

श्रोत : राष्ट्रिय जनगणना प्रतिवेदन ( २०६८)

पाँचपोखरी थाङ्पाल गाउँपालिका रहेका विद्यालयहरुको विवरण:

क्र.स

विद्यालयको नाम

प्रधानाध्यापकको नाम

फोन नं.

ठेगाना(पा.था.गा.पा) वडा नं.

सञ्चालित कक्षा

श्री बालविकास आ.वि

नविना तामाङ(सहजकर्ता)

९८२३३७०९२२

१, बाँसखर्क

ECD

श्री जनहित आ.वि

आलोक कुमार स्याङबो

९८६०१८२०६०

१, बाँसखर्क

ECD - ८

श्री भिमविद्याश्रम मा.वि

अनिल कुमार तामाङ

९८१८००३२५७

१, बाँसखर्क

ECD - १०

श्री चण्डिका मा.वि

ग्याल्बो साम्देन तामाङ

९८४३५३०२४५

२, बरुवा

ECD - १०

श्री गणेश आ.वि

सानुमाया तामाङ

९८०३९६९५०३

२, बरुवा

ECD - ३

श्री धङजला आ.वि

कृष्ण प्रसाद दुलाल

९८०८७३६५७२

२, बरुवा

ECD - ५

श्री गणेश आ.वि, मजुवा

अमिर कुमार बस्नेत

९८६३४९४८४६

३, भोताङ

ECD - ३

श्री भोताङदेवि मा.वि

चन्द्रलाल श्रेष्ठ

९८४०६६०८६०

३, भोताङ

ECD - १०

श्री थाङ्पालभ्याली मा.वि

विजय तामाङ

९८०८४१४०८१

४, थाङ्पालकोट

ECD - १०

१०

श्री कुम्भेश्वरी आ.वि

देविप्रसाद पौड्याल

९८४९८४०३०१

५, गुन्सा

ECD - ५

११

श्री सातकन्यामति मा.वि

प्रेम बहादुर तामाङ

९८८०२२०२१३

५, गुन्सा

ECD - १०

१२

श्री बच्छलामाई आ.वि

बाबु तामाङ

९८१८१३०४४९

६, थाङ्पालधाप

ECD - ५

१३

श्री गोल्मेश्वरी आ.वि

रामकृष्ण अधिकारी

९८४३६८४४३०

६, थाङ्पालधाप

ECD - ८

१४

श्री भूमेश्वरी आ.वि

मिरा थापा अधिकारी

९८६०८४७८४८

६, थाङ्पालधाप

१-३

१५

श्री थाङ्पालधाप मा.वि

राधे बन्जरा

९८६०२०२४६५

६, थाङ्पालधाप

ECD - १०

१६

श्री जुगल आ.वि

सावित्रि कार्की देउजा

९८०३९९३४६५

६, थाङ्पालधाप

ECD - ३

१७

श्री बालसुधार आ.वि

विनोद सत्याल

९८४१६२३२६७

७, भोटेनाम्लाङ

१-३

१८

श्री भोटेनाम्लाङ मा.वि

गोपिकृष्ण पराजुली

९८४३०७१३२८

७, भोटेनाम्लाङ

ECD - १०

१९

श्री पाँचपोखरी आ.वि

शान्ती शेर्पा

९८४३७५२६११

७, भोटेनाम्लाङ

ECD - ३

२०

श्री गणेश आ.वि

निर्मला धिताल

९८४३५६९४९७

७, भोटेनाम्लाङ

ECD - ८

२१

श्री क्षेत्रपालेश्वरी मा.वि

शशि कुमार भट्टराई

९८४३९३५२०८

७, भोटेनाम्लाङ

ECD - १०

२२

श्री सरस्वती आ.वि

दिनेश कुमार सिंह

९८०८३५९७४८

८, लाँगर्चे

ECD - ५

२३

श्री नौलिङ्गेश्वरी आ.वि

सिनोद कुमार शाह

९८००८४३४४२

८, लाँगर्चे

ECD - ८

२४

श्री बालज्योति आ.वि

बाबुराम सत्याल

९८६०८०९५१८

८, लाँगर्चे

ECD - ३

२५

श्री लाँगर्चे मा.वि

राममणि धिताल

९८६०१८००७०

८, लाँगर्चे

ECD - १०

२६

श्री पञ्चकन्या आ.वि

कल्पना कट्टुवाल

९८४९६०७२६९

८, लाँगर्चे

ECD

 

हाल पाँचपोखरी थाङ्पाल गाउँपालिका रहेका विद्यालय र दरबन्दी संख्या:

क्र.स

तह

स्थायी

राहत

करार

जम्मा दरबन्दी संख्या

प्राथमिक तह

४२

२३

३६

१०१

निम्न माध्यमिक तह

२१

२६

माध्यमिक तह

१२

१८

उ.मा.वि

 

 

जम्मा

४६

६०

४३

१४९

बालविकास केन्द्र सहजकर्ता

 

 

२२

२०

वि.सा (लेखापाल)

 

 

१०

१०

विद्यालय कर्मचारी

 

 

३१

३१

प्रावधिक तर्फ

प्राथमिक तह

 

 

निम्न माध्यमिक  तह

 

 

१०

माध्यमिक तह

 

 

११

उ.मा.वि तह

 

 

जम्मा

 

गाउँपालिका तर्फ

१२

बालविकास केन्द्र सहजकर्ता

 

 

१३

मातृभाषा शिक्षक

 

 

१४

गाउँपालिका अनुदान शिक्षक

 

 

२३

२३

जम्मा

३७

३७

 

१५

प्रदेश अनुदान कोटा

 

 

४ जना

१६

संघिय अनुदान

 

 

६ जना

 

१७

हेल्प साथी

 

 

१०

१०

१८

TFN  प्रज्ञार्थी

 

 

१४

१४

१९

GIA

 

 

विद्यालयको विवरण

२०

जम्मा विद्यालय संख्या

 

 

 

२६ वटा

२१

बालविकास केन्द्र स्थापना

 

 

 

२२

जम्मा

 

 

 

२८ वटा

पाँचपोखरी थाङपाल गाउँपालिका भित्र रहेका विद्याथी विवरण:

क्र सं

विद्यालयको कोड

विद्यालयको नाम

छात्र

छात्रा

जम्मा

कैफियत

२३००४०००२

श्री वालविकास आ वि

१४

२०

 

२३००४०००३

श्री भिमविद्याश्रम  मा वि

१४२

११५

२५७

 

२३००४०००६

श्री जनहित आ वि

५६

५४

११०

 

२३००७०००३

श्री धङजला आ वि

४२

४०

८२

 

२३००७०००४

श्री गणेश आ वि

१३

१०

२३

 

२३००७०००५

श्री चण्डिका मा वि

९८

१०८

२०६

 

२३००७०००८

श्री याङग्री एकेडमी

९१

९३

१८४

 

२३०११०००१

श्री भोटेनाम्लाङ मा वि

३०८

३१८

६२६

 

२३०११०००२

श्री पाँचपोखरी आ वि

१३

२१

 

१०

२३०११०००३

श्री क्षेत्रपालेश्वरी मा वि

१२२

१३८

२६०

 

११

२३०११०००४

श्री गणेश आ वि

७८

७५

१५३

 

१२

२३०११०००५

श्री वालसुधार आ वि

२८

११

३९

 

१३

२३०२६०००१

श्री सातकन्यामति मा वि

२२३

२३८

४६१

 

१४

२३०२६०००२

श्री कुम्भेश्वरी आ वि

७६

७३

१४९

 

१५

२३०४१०००२

श्री वाल ज्योती आ वि

११

१५

२६

 

१६

२३०४१०००३

श्री सरस्वती आ वि

८०

८५

१६५

 

१७

२३०४१०००४

श्री लाँगर्चे मा वि

१०४

१३४

२३८

 

१८

२३०४१०००५

श्री पञ्चकन्या आ वि

११

१९

 

१९

२३०४१०००६

श्री नौलिङ्गेश्वरी आ वि

११९

१३६

२५५

 

२०

२३०४९०००१

श्री गणेश आ वि

३७

३२

६९

 

२१

२३०४९०००२

श्री भोताङदेवी मा वि

२०९

२२४

४३३

 

२२

२३०४९०००३

श्री आ वि छिम्ती

५८

७१

१२९

 

२३

२३०४९०००५

श्री सातकन्यादेवी आ वि

५३

४३

९६

 

२४

२३०७२०००१

श्री जुगल आ वि

१२

१२

२४

 

२५

२३०७२०००२

श्री भूमेश्वरी आ वि

१६

१९

३५

 

२६

२३०७२०००३

श्री गोल्मेश्वरी आ वि

१३७

१६८

३०५

 

२७

२३०७२०००४

श्री थाङपालधाप मा वि

१५८

१३६

२९४

 

२८

२३०७२०००५

श्री वच्छलामाइ आ वि

६९

५९

१२८

 

२९

२३०७२०००३

श्री थाङपालभ्याली मा वि

४२४

४२४

८४८

 

जम्मा=

३०२६

३०६६

६०९२

 

पालिका परिसरमा  शिक्षा शाखाका कर्मचारीहरु

शिक्षा युवा तथा खेलकुद शाखा कार्यविवरण

नीति,ऐन,नियम,मापदण्ड र योजना सम्बन्धी

  • – संविधानले व्यवस्था गरेका मौलिक तथा नेपालको पक्ष भएका अन्तराष्ट्रिय सन्धिसम्झौता, कार्यान्वयनको लागि जिम्मेवार बनाइएका विषयहरु कार्यान्वयन गर्न आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा सम्बन्धी कार्यमा सहयोग र सोको कार्यान्वयन गर्ने कार्य,
  • – पालिकाको शिक्षा युवा तथा खेलकुद विकाससँग सम्बन्धित रणनीति तथा योजना तर्जुमा कार्यमा सहयोग खेलकुद विकास सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान सम्बन्धी कार्य,

शैक्षिक प्रशासन सम्बन्धी

  • – विद्यालयलाई सूचना तथा प्रविधिमैत्री शिक्षण सिकाई वातावरणको विकास सम्बन्धी कार्य,
  • – विद्यालयहरुलाई जनसंख्याको वनोट र भौगोलिक अवस्थाको आधारमा विद्यालय समायोजन कार्यक्रममा सहजीकरण सम्बन्धी कार्य,
  • – शिक्षा सम्बद्ध परामर्श सेवा, भाषा तथा प्रशिक्षण केन्द्र, टयुशन, कोचिङ सेन्टरको नियमन सम्बन्धी कार्य,
  • – आधारभूत शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहको शिक्षालाई निशुल्क प्रदान गर्ने नीति कार्यान्वयन सम्बन्धी कार्य,
  • – स्थानीय स्तरमा रहेका शैक्षिक संस्था, नेपाल स्काउट, रेडक्रस, युवा संगठन र विभिन्न गैरसरकारी संस्थाहरुको सहकार्यमा युवा परिचालन गरी मानवीय सेवा विपद्व्यवस्थापन तथा दिगो वातावरण संरक्षण जस्ता कार्यमा लाग्न प्रेरित गर्ने सम्बन्धी कार्य,
  • – साक्षरता, साक्षरोत्तर कक्षा, शैक्षिक विकास र नागरिक शिक्षासम्बन्धी कार्यहरु सञ्चालन संयोजन पालिका क्षेत्र भित्रका पूर्व प्राथमिक, आधारभूत र माद्यामिक विद्यालय सञ्चालन र नियमन,
  • – पालिका अन्तरगतका पूर्व प्राथमिक तथा आधारभूत विद्यालयको स्थलगत विवरण संकलन तथा आधारभूत तहको विद्यालय सञ्चालन अनुमति तथा स्वीकृति सम्बन्धी काम,
  • – पूर्व प्राथमिक विद्यालय तथा आधारभूत तहका विद्यालयहरुका विस्तार, थप कक्षा अनुमति दिने,सार्ने, गाभ्ने,
  • – नामसारी तथा नयाँ नामाकरण सम्बन्धी काम गर्ने र गाभिएको विद्यालयको सम्पत्ती संरक्षण सम्बन्धी काम,
  • – आधारभूत विद्यालयमा कार्यरत शिक्षकहरुको दरबन्दी मिलान सम्बन्धी काम,
  • – संस्थागत विद्यालयहरुको स्थलगत निरीक्षण गरी नियमानुसार सञ्चालन भए नभएको अनुगमन सम्बन्धी कार्य,
  • – प्रत्येक शैक्षिक शत्रमा बिद्यार्थी भर्ना अभियान सञ्चालन तथा विद्यालय छोडेका र विद्यालय बाहिर रहेका गरिव तथा विपन्न वर्गका बिद्यार्थीलाई प्रोत्साहन सहित विद्यालय भर्ना कार्यक्रम सञ्चालन,
  • – शैक्षिक क्यालेण्डरमा एकरुपता ल्याउने कार्य,
  • – शिक्षक तालिम तथा बृत्ति विकास सम्बन्धी योजना निर्माण र कार्यक्रम,
  • – बिद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन सम्बन्धी काम,
  • – शिक्षाको पहुँचबाट वञ्चित, सडक बालबालिका, मजदुरका छोराछोरी, द्धन्द पिडीत बालबालिका लगायत बिभिन्न कारणले औपचारिक शिक्षाबाट वञ्चित समुहलाई अनौपचारिक शिक्षाको बिकास विस्तार गर्न बिभिन्न कार्यक्रमको सञ्चालन एवं समन्वय सम्बन्धी कार्य,
  • – विभिन्न विद्यालयको कलस्टर निर्माण गरी परीक्षा सञ्चालन। नियन्त्रण, नियमन प्रकृयालाई सघाउने,
  • – सामुदायिक तथा संस्थागत विद्यालय खोल्ने अनुमति, विद्यालय सार्ने गाभ्ने नामसारी नयां नामकरण सम्बन्धी मातृभाषा सन्चालन अनुमति सम्बन्धी कार्य गर्ने, गराउने र गाभिएको विद्यालयको संपति संरक्षण सम्बन्धी कार्यमा सहयोग गर्ने,
  • – विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण व्यवस्थापन सम्बन्धी कार्य,
  • – विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन सम्बन्धी कार्य,
  •  – स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने व्यवस्था,

खेलकुद तथा अतिरिक्त क्रियाकलाप

  • – पालिका स्तरमा सञ्चालन हुने अन्तर विद्यालय स्तरीय, राष्ट्रपति रनिङ शिल्ड, मेयर कप लगायतका प्रतियोगिता सञ्चालन,
  • – समन्वय एवं लगायतका कार्यक्रमहरु गर्ने, गराउने तथा राष्ट्रिय स्तरमा सञ्चालन हुने विद्यालयस्त्तरीय प्रतियोगितामा सहभागी छनौट सम्बन्धी कार्य,
  • पालिका क्षेत्रका युवालाई आवश्यक पर्ने युवा विषयक कार्यमा सहयोग एवं समन्वय सम्बन्धी कार्य

शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुखको कार्यविवरण

  • – शिक्षा सम्बन्धी नीति, योजना तयार गरी कार्यान्वयन गराउने र सो कार्य नीति नियम अनुरुप भए नभएको हेरी सुधार गर्नुपर्ने भए सो अनुरुप गर्ने, गराउन पेश गर्ने,
  • – विद्यालयलाई सूचना तथा प्रविधिमैत्री शिक्षण सिकाई वातावरणको कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने गराउने,
  • – बालबालिकाको हकहीत संरक्षण तथा महिला हक सम्बन्धी नीति, योजना तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य गर्ने,
  • – गरिबी निवारण सम्बन्धी अध्ययन अनुसन्धान र स्थानीय रणनीति तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने, आधारभूत शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहको शिक्षालाई निशूल्क प्रदान गर्ने नीतिलाई कार्यान्वयन सम्बन्धी कार्य गर्ने,
  • – विद्यालय समायोजन कार्यक्रममा सहजीकरण गर्ने,
  • – शिक्षा सम्बद्ध परामर्श सेवा, भाषा तथा प्रशिक्षण केन्द्र, टयूशन कोचिङ सेन्टर लाई नियमन गर्ने,
  • – स्थानीय स्तरमा रहेका शैक्षिक संस्था, नेपाल स्काउट, रेडक्रस, युवा परिषद् र विभिन्न गैरसरकारी
  • – संस्थाहरुको सहकार्यमा युवा परिचालन गरी मानवीय सेवा विपद्व्यवस्थापन तथा दिगो वातावरण संरक्षण जस्ता कार्यमा लाग्न प्रेरित गर्ने, गराउने,
  • – पूर्व प्राथमिक तथा आधारभूत तहको विद्यालय सञ्चालन अनुमति तथा स्वीकृति सम्बन्धी काम गर्ने
  • – आधारभूत तहका विद्यालयहरुमा पाठ्यपुस्तक वितरण व्यवस्थापन सम्बन्धी काम गर्ने,
  • – पूर्व प्राथमिक विद्यालय तथा आधारभूत तहका विद्यालयहरुका विस्तार, थप कक्षा अनुमति दिने, सार्ने,
  • – गाभ्ने, नामसारी तथा नयाँ नामाकरण सम्बन्धी काम गर्ने, आधारभूत विद्यालयमा कार्यरत शिक्षकहरुको दरबन्दी मिलान सम्बन्धी काम गर्ने, गराउने,
  • – बिद्यार्थी कम भएका विद्यालयहरुलाई गाभ्ने प्रयोजनका लागि बिद्यार्थी संख्या भौगोलिक अवस्था अनुकुलता जनसंख्या अनुपातलाई आधार मानि सो सम्बन्धी र गाभिएको विद्यालयको सम्पति संरक्षण सम्बन्धी कार्यमा सहयोग गर्ने,
  • – विद्यालय कर्मचारीको अभिलेख व्यवस्थापन तथा तालिम सञ्चालन गर्ने, गराउने,
  • – विद्यालयस्तरीय अतिरिक्त क्रियकलाप सञ्चालन तथा व्यवस्थापन गर्ने, गराउने,
  • – बिद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन गर्ने, गराउने,
  • – शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन सम्बन्धी कार्य गर्ने,
  • – स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने व्यवस्था मिलाउने,
  • – राष्ट्रिय स्तरमा सञ्चालन हुने विद्यालयस्त्तरीय प्रतियोगितामा सहभागी छनौट गरी सिफारिस गर्ने,
  • – विभिन्न विद्यालयको परीक्षा सञ्चालन ,नियन्त्रण, नियमन प्रकृयालाई सघाउने,
  • – संस्थागत विद्यालयहरुको स्थलगत निरीक्षण गरी नियमानुसार सञ्चालन भए नभएको अनुगमन गरी नियमानुसार सञ्चालन नभएको भए आवश्यक कारवाहीको लागि सिफारिस गर्ने,
  • – पालिकास्तरीय पुस्तकालय सञ्चालन गर्न सहयोग गर्ने,
  • – पालिका क्षेत्र भित्र शिक्षा, सामाजिक विकाससँग सम्बन्धित रणनीति तथा योजना तर्जुमा गर्न आवश्यक सूचनाहरु संकलन गर्ने,
  • – विभिन्न परिपत्रहरु, ऐन तथा नियमहरु संकलन गर्ने र आवश्यक दफा उत्तार गरी कार्यान्वयनका लागि शाखाहरु र वडाहरुमा पठाउने,
  • – समय समयमा शाखा अन्तर्गत कर्मचारीहरुसँग बैठक आयोजना गर्ने,
  • – शाखाको कार्यक्षेत्रसँग सम्बन्धित सूचना तथा जानकारी प्रवाह गर्ने,
  • – शाखा अन्तर्गतका कर्मचारीहरुलाई काजमा पठाउनु परेमा स्वीकृतको व्यवस्था गर्ने,
  • – आफना शाखा अन्तर्गतका सहायक स्तरका कर्मचारीहरुको कार्यविवरण तयार गरी उपलब्ध गराउने,
  • – अधिकृत कर्मचारीको कार्य जिम्मेवारी थप वा परिमार्जन गरी उपलब्ध गराउने,
  • – आफू अन्तर्गतका कर्मचारीहरुको कामको सुपरीवेक्षण गर्ने र कारवाही तथा पुरस्कारको लागि सिफारिस सहित पेश गर्ने,
  • – शाखा अन्तर्गतका कर्मचारीसँग प्रगति प्रतिवेदन माग गर्ने तथा समीक्षा गर्ने,
  • – शाखा तथा शाखा अन्तर्गतका कर्मचारीहरुको जिम्मा रहेको रजिस्टर अभिलेख, प्रतिवेदन फाईल तथा अन्य सम्पत्तिको दुरुस्त र सही व्यवस्था गर्ने, गराउने तथा कर्मचारीहरु सरुवा हँुदा आफनो जिम्मामा रहेको सामानहरुको बरबुझारथ गर्ने तथा गर्न लगाउने,
  • – शाखा अन्तरगत सम्पादन हुने काम कारवाहीहरु समयमा हुनुपर्ने व्यवस्था गर्ने, कार्य सम्पादन हुन नसकेमा सोको पूर्ण जवाफदेहिता वहन गर्ने, गराउने,
  • – मातहतका कर्मचारीहरको कार्यसम्पादन मूल्याङ्कन फारम भर्न लगाउने तथा कार्यसम्पादन मूल्याङ्कन गर्ने र पेश गर्ने,
  • – शाखा अन्तर्गत सम्पादन गरेको कार्यहरुको प्रगति तथा हासिल गरेको उपलब्धिहरुको विवरण खुलाई चौमासिक रुपमा सबैले देख्ने गरी सूचना पाटीमा टाँस्न लगाउने र सम्बन्धित निकायमा पठाउने

युवा तथा खेलकुद उपशाखा

  • – युवा परिचालका लागि नगर युवा नीति तथा कार्यक्रम तर्जुमा गर्न आवश्यक सहयोग सम्बन्धी कार्य,
  • – युवा र खेलकुदलाई आवद्ध गरी अनुशासित युवाहरुको परिचालन गर्न कार्यक्रम सञ्चालन गरी युवालाई विकास प्रक्रियममा संलग्न गराउन आवश्यक व्यवस्था सम्बन्धी कार्य,
  • – माध्यिमक विद्यालयस्तरीय अतिरिक्त क्रियकलाप सञ्चालन तथा व्यवस्थापन गर्ने, गराउने सम्बन्धी कार्य,
  • – अतिरिक्त क्रियाकलाप सम्बन्धी कार्य र खेलकूदको विकास र प्रवद्र्घन सम्बन्धी कार्य,
  • – पालिकास्तरमा सञ्चालन हुने अन्तरविद्यालय स्तरीय, राष्ट्रपति रनिङ शिल्ड, मेयरकप लगायतका प्रतियोगिता सञ्चालन, समन्वय एवं लगायतका अन्य कार्यक्रमहरुमा सहयोग सम्बन्धी कार्य,
  • – युवाको खेलकुदमा अभिरुची पैदा गराउन विभिन्न प्रकारका योजना तयार र कार्यान्यन सम्बन्धी कार्य,
  • – स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरण गर्ने, गराउने,
  • – युवाहरुलाई स्वरोजगार उन्मुख अनौपचारिक शिक्षा तथा ज्ञान तथा सीपहरुलाई आयमूलक कार्यक्रमहरुसँग आवद्ध गर्ने कार्यक्रम सञ्चालन गर्ने,
  • – युवा उद्यमशीलताको पहिचान गर्दै युवाहरुलाई स्वरोजगार उन्मुख अनौपचारिक शिक्षा तथा वैकल्पिक सिकाई मार्फत विकास भएका ज्ञान तथा सीपहरुलाई आयमूलक कार्यक्रमहरुसँग आवद्ध गर्ने कार्यक्रम सञ्चालन गर्ने, गराउने,

पाँचपोखरी थाङ्पाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा कार्यरत कर्मचारीको नाम:

 

नाम : श्री कमला खनाल

पद : शिक्षा अधिकृत

ठेगाना : भूमिकास्थान न.पा-१ , अर्घाखाँची

इमेलः- sapanakhanal2075@gmail.com

सम्पर्क नं ९८४७१०८०५३

नाम : श्री उत्तममणि पौड्याल

पद : विद्यालय निरीक्षक

ठेगाना : पाँचपोखरी थाङ्पाल गा.पा -६ , धाप

इमेलः- umpaudyal@gmail.com

सम्पर्क नं  ९८४९६५१९३६

नाम : श्री सरिता गौतम

पद : प्राविधिक सहायक

ठेगाना : पाणिनी गा.पा -१, अर्घाखाची

इमेल नं gautamsarita887@gmail.com

सम्पर्क नं ९८४१८१५४११

नाम : श्री जीवन थापा

पद : सहायक कम्प्यूटर अपरेटर

ठेगाना : पाँचपोखरी थाङ्पाल गा.पा - ६ , टार

इमेल नं  akjeeban@gmail.com

सम्पर्क नं ९८५११२८६०५