समाचार
वडा नं ४ थाङ्गपालकाेट
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ४ थाङ्गपालकोट
थाङपालकाट भू-बनोटको हिसाबले अन्य वडाहरुको दाँजोमा फरक रहेको छ किनकी यस वडामा बस्ती बस्न लायक स्थानमा धेरै नै दुङ्गाहरु रहेको पाईन्छ । २१.८ वर्ग कि.मि. क्षेत्रफल रहेको यस वडाको पूर्वमा लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्र र जुगल गाँउपालिका,पश्चिममा पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं.६ (थाङपालधाप), उत्तरमा यसै गाँउपालिकाको वडा न.३ भोताङ) तथा दक्षिण तर्फ पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं.५ (गुन्सा) अवस्थित छ। थाङपालकोटको नामाकरणको सम्बन्धमा धेरै कुराहरू आएता पनि थाङपालकोट तीन शब्दको संयोजनबाट बनेको छ, 'थाङ" भन्नाले पवित्र भूमि जहाँ यस अघि देवी देवताहरुले चर्चेको स्थान विशेष गरी बुद्ध धर्म तथा दर्शनसँग गाँसिएको स्थान तर यहाँ उल्लेखनीय कुरा के छ भने हरेक बुद्ध धर्मको आख्यानमा शिव, पार्वती, गौरी वा शंकरको चर्चा पाईन्छ । यसले दुईवटा धर्मको संगमस्थलको रुपमा पनि यस हिमाली भूभागलाई लिन सकिन्छ, जो यस थाङपालकोट पनि अलग छैन 'पाल' भनेको श्री भन्ने छ र "कोट" भनेको चाहिं नेपाल भुटानको लडाईमा जंग बहादुर यसै बाटो गरी आएर तरबार गाडेर कोत पुजाको शुरु गरेको हुनाले कोटगाउ भन्ने पनि चर्चामा छ ।
थाङपालकोटको एउटा भू-भागमा त्यसको अवशेषहरू अझै बाँकि छ भन्ने स्थानीय बासिन्दाहरुको भनाई छ । दाहिने पट्टि सिंह गर्जेको र देब्रे पट्टि हात्ति सुतेको जस्तो बिचमा सुमेरु पर्वत छ, जसलाई नागी थाम डाँडा भनेर बुझिन्छ । यसको अलावा किउल भन्ने स्थानबाट जगन्नाथ बुबा र माता श्री देवीबाट जन्मेको जेठो छोरा मणिकुमारले सपनामा देखे पश्चात् यहाँ आएर खर्क (गोठ)हरु चलाएको हुनाले मणि खर्क भन्दा भन्दा मानेखर्क नामाकरण भएको भन्ने भनाईहरु पनि प्रशस्त पाईन्छ । यहाँको पर्यटकीय स्थानको रुपमा नागीं थाम डाँडा, रैथानेश्वर महादेव मन्दिर, बच्छलादेवी मन्दिर, टालटुलेश्वरी मन्दिर, नाधी घ्याङ, राक्से पोखरी र भुते पोखरी आदि रहेका छन् । प्राकृतिक रुपले अति सुन्दर यस ठाँउ अलैंची खेतीको पकेट क्षेत्रको रुपमा समेत रहेको छ । यहाँको मुख्य बस्तीहरुमा रैथाने, मानेखर्क, खलगा, नाधी घ्याङ, ढाडखर्क र कोटगांउ, जुरान टोल, अधिकारी टोल, बस्नेत टोल, मण्डला चोक, कञ्चन टोल, मिलन चोक, सिङ्गार गाँउ टोल, पालघ्याङ, थापा टोल, सिङ्देन टोल, घट्टै टोल, खत्री टोल, मकिनी टोल आदि रहेका छन् ।
जम्मा क्षेत्रफल : २१ं वर्ग कि.मि 
साबिक थाङपालकोट गा.बि.स. १ देखि ९ सम्म समेटिएको 
जनसंख्या ४७०८  महिला २३४० पुरुष २३६८ घरधुरी संख्या  ९७२ (पाँचपोखरी थाङपाल गा.पा.को परीवेश सर्वेक्षण २०७४/७५ अनुसार )
जाति : तामाङ, ह्योल्मो, नेवार, ब्राहृाण, क्षेत्री , दलित समुदाय 
भाषा : राष्ट्रिय, तामाङ, ह्योल्मो, नेवार 
धर्म : बौद्व, हिन्दु, इसाइ 
मुख्य चाडबाड र जात्रा : सोनाम ल्होसार, दशै, तिहार , जनै पूर्णे जात्रा 
विद्यालयहरु
थाङपालभ्याली विद्यालय
स्वास्थ्य संस्था
धुलिखेल अस्पातल 
स्वास्थ्य चौकी 
धार्मिक तथा पर्यटकिय स्थलहरु :
नागी थामडाँडा 
रैथाने मन्दिर 
कृषि पशुपालन :
खेतीपाती : धान, मकै, गँहु, कोदो,  
पशुपालन : गाई,भैँसी, भेडा बाख्रा कुखुरा 
व्यवसायिक  पशुपालन 
बाख्रा फार्म,
भैँसी फार्म 
कुखुरा  फार्म 
पदाधिकारीहरुको विवरण:
| क्र.म. | नाम | पद | सम्पर्क | फोटो | 
|---|---|---|---|---|
| १. | श्री राम बाहादुर तामाङ | वडा अध्यक्ष | 9880192444 ९७४९३२६६०४ | 
 | 
| २. | श्री मोहन बहादुर खत्री | वडा सदस्य | 9741502948 | 
 | 
| ३. | श्री कर्ण बहादुर तामाङ | वडा सदस्य | 9616433075 | 
 | 
| ४. | श्री फूलमाया तामाङ्नी | महिला सदस्य | 9823356294 | 
 | 
| ५. | श्री मान कुमारी कमिनि | महिला सदस्य | 9813187834 | 
 | 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    





