FAQs Complain Problems

समाचार

प्रकाशन

पाँचपोखरी थाङपाल गाउँपालिकाको जग्गाको वर्गीकरण भएको छ ।

यस पाचँपोखरी थाङपाल गाउँपालिकाले भू-उपयोग ऐन २०७६, भू-उपयोग नियमावली २०७९ र भू-उपयोग (पहिलो शंसोधन) नियमावली, २०८० को प्रावधान तथा व्यवस्था अनुसार गाउँपालिकाको भूउपयोग क्षेत्र वर्गीकरण तयार भएको र सोहि बमोजिम भु-वर्गीकरण नक्सा तयार तथा कित्तागत विवरण अद्यावधिक भईसकेको हुदाँ यस पाचँपोखरी थाङपाल गाउँपालीकाको गाउँपालीका स्तरीय भु-उपयोग परिषदको मिति २०८१।०२।०७ गतेको निर्णयानुसार भुमिवर्गीकरणको मापदण्ड, मापदण्ड बमोजिम नक्सा तयार र कित्तागत विवरण तयार गरि भु-उपयोगबाट अनुमोदन भएको जानकारी गराउँद छौँ ।

“लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति”

लैङ्गिक समानता र सामाजिक समावेशीमैत्री बनाउन, संवैधानिक एवम कानूनी उत्तरदायित्व तथा जिम्मेवारी पुरा गर्न, राज्यले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता अनुरुप कार्य गर्न र  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई संस्थागत गर्दै समावेशी विकासलाई प्रबर्द्धन गर्ने कार्यलाई थप मार्ग दर्शन गर्न यो “लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति” तयार गरिएकोछ ।

दस्तावेज: 

Pages