समाचार
हेटौँडा उपमहानगरपालिका, हेटौँडा र पाँचपोखरी थाङपाल गाँउपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको ।
मिति २०८० साल मंसिर ०८ शुक्रबार कार्तिक शुक्ल द्वादशी तिथिका दिन हेटौँडा उपमहानगरपालिका, हेटौँडा र पाँचपोखरी थाङपाल गाँउपालिका, थाङपालधाप बिचमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानूनी व्यवस्था बमोजिम अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना गरी आपसी समन्वय, सहकार्य र साझेदारी मार्फत दुई स्थानीय तहको बिचमा अनुभव आदान प्रदान गर्ने तथा साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलीकरण गर्न दुवै पक्षको संस्थागत निर्णयानुसार प्रदेशीय राजधानी हेटौँडामा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको हेटौँडा उपमहानगरपालिका र पाँचपोखरी थाङ्पाल गाँउपालिका सिन्धुपाल्चोक जिल्लाको उत्तर हिमाली क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलका साथै ऐतिहासिक पहिचान र देविदेवताको वास्थान रहेको गाँउपालिका बीच तपसिलका विविध क्षेत्रहरुमा सहकार्य, साझेदारी तथा समन्वय गर्न दुई स्थानीय तह बीच भगिनी सम्बन्ध स्थापना गरी हितैषी तथा मैत्रीपूर्ण सम्वन्ध मार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध पालिका र नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले यो सहमति गरिएको हो । आ.व. २०८०।०८१ मा विनियोजित बजेट अनुरुप हेटौँडा उपमहानगरपालिकाको तर्फबाट पाँचपोखरी थाङपाल गाउँपालिकाको भौगोलिक क्षेत्र भित्रको वडा नं. ४ मा अवस्थित पेमाछल उद्यान केन्द्रमा ५१ फिट उचाईको गुरु रिम्पोछेको मुर्ति निर्माण गर्ने गराउने गरी साझेदारीमा परियोजनाको संयुक्तरुपमा शुभारम्भ गरिएको छ ।