FAQs Complain Problems

समाचार

सूचना तथा प्रविधि शाखा

सूचना प्रविधि मैत्री पाँचपोखरी थाङ्पाल गाउँपालिकाले अवलम्वन गरेका रणनितीहरु

सूचना, सञ्चार एव्म  प्रविधिको क्षेत्रमा भएको यूगान्तकारी परिवर्तन संगसंगै एक्काईसौं शताब्दीको यात्रामा लागेको वर्तमान समयले आजको यूगलाई विज्ञान र प्रविधिको यूग हो भन्ने कुरा पुष्टि गरिसकेको छ । मानवको दैनिक जिवन एव्‌म विकासको लागि अपरिहार्य पुर्वाधार र समग्र बिकास ब्यवस्थापनको क्षेत्र प्रविधिमा निर्भर छ । हरेक कार्यको निम्ति आधारभुत औजारको रुपमा रहेको सूचना र सञ्चार प्रविधिले मुलुकको सर्वाङ्गीण बिकासमा बिशिष्ट महत्व राख्दछ । सूचना तथा संचार प्रविधिको सक्षमता र प्रभावकारीतामा निर्भर रहने हूनाले समुदायलाई जागरुक र चेतनशिल तूल्याई सभ्य, सुसंस्कृत एवं समनता समाजको निर्माण गर्न सम्पादन गरिने सम्पूर्ण कृयाकलापलाई ब्यवस्थित ढंगले सञ्चालन गर्न यस क्षेत्रको बिकास बिस्तार प्रयोग र परिचालन अनिवार्य हून्छ । त्यसैले कूनै पनि कार्यसम्पादनको लागि सूचनालाई शक्तिको रुपमा लिईन्छ । नेपाल सरकारको निति अनुरुप स्थानिय तहमा विद्युतीय सूशासन कायम गर्ने, विद्युतीय शासनका लागि आई.सि.टी पूर्वाधार (सरकारी एकीकृत सुरक्षा सञ्जाल) विकास गर्ने र प्रविधि अन्वेषण र प्रयोग गरी सरकारको एकीकृत सूचना नितिको कार्यान्वयन गर्ने गराउने रहेको छ भने पछिल्लो समयमा विश्वमा तीब्र रुपमा विकसित भैरहेको सूचना प्रविधिको प्रयोगले सर्वसाधारणको जीवनमा निकै सहजता ल्याईदिएको छ र यसले सर्वसाधरणको सार्वजनिक सेवा प्रतिको धारणामा पनि परिवर्तन ल्याएकाले अबका दिनमा आफुले प्रवाह गर्ने सेवामा सूचना प्रविधिको अत्युत्तम प्रयोग गर्नु पर्ने वाध्यकारी अवस्थामा सबै निकायहरु रहेका छन् । सीमित जनशक्तिबाट अत्याधिक सेवा प्रवाह गर्नुपर्ने संवैधानिक जिम्मेवारी प्राप्त गरेका स्थानीय तहले आफुलाई सूचना प्रविधिमैत्री बनाउनै पर्ने हुन्छ ।

स्थानीय निकायका कर्मचारी तथा सेवा ग्राही नागरिकहरु यसवाट प्रत्यक्ष एवम्अप्रत्यक्ष रुपमा लाभान्वित हुन्छन । गुणस्तरिय सेवाका लागी सूचना तथा संचार प्रविधिको प्रयोग र सक्षम कर्मचारीवाट मात्र चुस्त दुरुस्त सेवा नागरिकहरुलाई प्रदान गर्न सकिने छ । नेपालमा अझै पनि ठुला ठुला फाईलहरुको चाङ्ले ओगटेको कार्यालयहरुमा देख्न सक्छौं । सर्वसाधारणले सूचना माग गर्यो भने ति ठुला ठुला फाईलहरु खोज्ने र किराले खाएका तथा भग्नवषेश रुपमा देखिएका ढड्डा पल्टाउने गरिन्छ । हामीले खोजेको सूचना पत्ता लगाउन धेरै समय खर्चिंने हुन्छन  धेरै कर्मचारी यस्तै काममा व्यस्त रहन्छन्। यति गर्दा पनि हाम्रो काम बन्छ कि बन्दैन टुंगो हुदैन । यसले हाम्रा सरकारी कार्यालयको कार्यसैलीलाई प्रतिविम्वित् गर्छ जहाँ सेवा प्रदायक र सेवा ग्राही दुवै पिडित छन्र यस्तो परिपाटीलाई परिवर्तन गर्न पनि सूचना तथा संचार प्रविधिको प्रयोगमा जोड दिनु आवश्यक देखिन्छ । साथै विश्व ले अंगीकार गरेको यो प्रविधि नेपालले पनि प्रयोगमा नल्याईकन सुखै छैन । जनताको नजिक भएर कार्य गर्ने स्थानीय निकायहरुमा सूचना तथा संचार प्रविधिको प्रयोग गर्नुको पछाडी धेरै फाइदा छन्। हाल पाँचपोखरी थाङ्पाल गाउँपालिकामा भएका गतिविधिहरु तथा यस पालिकाले अंगिकार गर्नुपर्ने तथ्यहरुलाई पनि तुलनात्मक रुपमा समावेश गरिएको छ ।

  • कार्यालयका चिठी, प्रतिवेदन, फारम, गतिविधि, योजना, वैठकका निर्णय लगायत विविध विषयहरुलाई कम्प्यूटरमा प्रविष्ट गरि मागेको समयमा सूचना दिने व्यवस्था गरिएकोछ । साथै प्रत्येक कोठामा डेष्कटप र प्रिन्टरको व्यवस्था गरिएको छ । सेवाग्राहीले मागेको सूचनाहरु तुरुन्त दिन र अध्यावधिक गरि सूचना दिन सहयोग भएको छ ।
  • कागजी प्रयोगलाई कम गर्ने कार्यलाई प्रोत्साहन दिदै वेभसाईट, एसएमएस, कम्प्यूटर, पेनड्राइभ, प्रोटेवल हार्डडिस्क, ल्यावटेव लगायत मोवाईल एप्स को प्रयोगमा वृद्धि भएको छ । फाईलको ढड्डालाई विस्तारै कम प्रयोगमा ल्याउने कार्यमा प्रत्सोहान दिईएको छ ।जसले लामो समयसम्म तथा सुरक्षित गरि राख्न विभिन्न प्रविधिको प्रयोग हुदै आएको छ ।
  • सूचना प्रविधि मैत्रि वनाउनका लागी ईमेल, ईन्टरनेट, वेभपेज, मोवाईल एप्स, मोवाईल, लेड्म्यासेज डिस्प्ले, Digital Information Desk with Citizen Charter, समुहगत एसएमएस, Face Redding and Finger touch attending system, Facebook, आन्तरिक सूचना प्रवाहका लागि CUG सिम, आदीले संचार प्रविधि मैत्रिका लागी विभिन्न साधनहरु जस्तै कम्प्यूटर, ल्यावटेव, मोवाईल, टेलिफोन, प्mयाक्स, फोटोकपि, प्रिन्टर, प्रोजेक्टर, आदी प्रयोगमा आईरहेको।
  • पाँचपोखरी थाङ्पाल गाउँपालिकाको गतिविधि वेभसाईट, मोवाईल एप्सवाट देख्न सकिन्छ भने पालिकाको वृस्तित जानकारी मूलक विषयहरु श्रव्यदृश्यवाट निकट भविश्यमै खाल्टेको सूचना केन्द्रबाट देख्न सकिन्छ ।
  • सबै वडा कार्यालयहरुलाई पालिकासंग जोड्न (Centralize System)को निमार्णका लागि सामान खरिद गरि सञ्चालनका लागि आबश्यक व्यवस्थापन गरिदै छ । यस सिस्टम सञ्चालनमा आएपछि इन्टरनेटको प्रयोगमा समस्याहरु हटेर जाने छन् भने सूचना प्रविधि शाखाबाट वडा स्तरमा इन्टरनेटको व्यवस्थापन गर्न सकिने छ र आन्तरीक डाटा व्यवस्थापन र इन्टरनेट विना पनि वडा स्तरका सेवा प्रवाहलाई व्यवस्थित गर्न सकिने छ।
  • भु-सेवा संचालनका लागि अनुमती प्राप्त गरि सञ्चालनका लागि सम्पुर्ण तयारी गरि मंसिर १ गते देखि वडा कार्यालयहरुबाट सञ्चान गर्नका लागि अध्यक्ष ज्यू र प्रमुख प्रशासकिय अधिकृत ज्यूबाट निर्देशन समेत दिई सक्नुभएको छ ।
  • कार्यालयमा औंला छापको माध्यमबाट हाजिरी गर्ने प्रविधि प्रयोगमा ल्याईएको छ जसले कार्यालय आएको समय र कार्यालयबाट बाहिर गएको समय हेर्न सकिन्छ भने कर्मचारीको विदालाई समेत व्यवस्थापन सजिलो भएको छ ।
  • सबै कर्मचारीहरुलाई क्षमता अभिबृद्धी गर्न बेला बेलामा कम्युटर तथा सूचना प्रबिधि सम्बन्धी तालिम दिईने व्यवस्था गरिएकोछ, साथै कर्मचारीहरुलाई कम्प्युटर वा ल्यापटपको पनि व्यवस्था कार्यालयबाट गरिएको छ ।
  • लेखा शाखा, राजश्व शाखा, दर्ता चलानी, भण्डारण शाखा, पञ्जिकरण शाखामा सफ्टवेयरबाट आफ्नो शाखाको कार्य गर्न तालिम को आवश्यकता पहिचान गरि आ-आफ्नो शाखाको जिम्मेवारी अनुसार सफ्टवेयर व्यवस्था गरि कामलाई थप व्यवस्थित गर्दै लगिएको छ ।
  • नागरिकले घरमै बसीबसी कार्यालयका सूचनाहरु पालिकाको इमेल, वेभपेज, मोवाईल एपस्, सामाजिक संजाल आदिवाट प्राप्त गर्न सक्छन्। पालिकाका गतिविधिहरु यिनै माध्यमवाट घरघरमा वसेर हेर्न र देख्न सकिन्छ ।
  • टोल फ्री नम्बर हाल नभएको पनि Facebook Messenger तथा Viber  को प्रयोग गरि कार्यालयको सेवा सुविधा वारे जानकारी लिन सकिन्छ ।
  • ईमरजेन्सी बैठक, प्रकोप व्यवस्थापन समितिको बैठक, परिषदको लागि सहभागी, समिक्षामा हुने सहभागीहरु, सार्वजनिक सुनुवाईका सहभागीहरु, मन्त्री को आगमन वा अन्य ठुला ठुला छलफल एवं अभिमुखीकरण कार्यक्रममा निमन्त्रणा एवं सहभागी गराउनका लागि समुहगत एसएमएस प्रणाली प्रयोगमा आईरहेको छ ।
  • पालिकाको ईमेल वा प्रत्येक शाखा वा कर्मचारीको ईमेल मार्फत माग गरेको विवरण तथा कागजातहरु पठाउन सकिने व्यवस्था छ भने ईमेल मार्फत जानकारी दिने, सहभागी गराउने र आवश्यक विवरणहरु पालिकाले प्राप्त गर्ने व्यवस्था छ ।समुहगत ईमेलवाट गतिविधि हरुको जानकारी दिने लिने कार्य भैरहेको छ ।
  • आगमी समयमा योजना र अन्य शाखाहरुमा आबश्यकता अनुसार सफटवेयर तथा अनलाईन इन्ट्रि गरि सुदृढीकरण गर्दै लगिनेछ ।

 

नोट: सूचना तथा संचार प्रविधिको माध्यम वाट मात्र सुशासन हुन सक्छ भन्ने विश्वव्यापी मान्यतालाई नेपाल ले अंगीकार गरेको छ । E-Governance अर्थात् विधुतीय शासनको अबधारणा कार्यन्वयन गर्न सुचना तथा संचार प्रविधि अपरिहार्य छ र राष्ट्रको समग्र विकासको लागि स्थानीय निकायहरु सूचना तथा संचार प्रविधिमैत्री हुनु अति नै आवश्यक छ ।

 

सूचना तथा प्रविधि शाखाको कार्य विवरण देहाय बमोजिम रहेको छ :

  • -सूचना प्रविधिको विकास र प्रवर्द्धन सम्बन्धि कार्य गर्ने ।
  • -पालिकाको प्रशासन र व्यवस्थापनलाई स्वचालित र प्राविधिको प्रयोग गरी छिटो छरितो र सेवाग्राहि मैत्री बनाउने सम्बन्धि कार्य,
  • -गाउँपालिका/शाखा/वडा कार्यालयहरुमा सुचना प्रविधि प्रणाली (website, software system, Social Network and Publication) स्थापना तथा सञ्चालन र व्यवस्थापन गर्ने ।
  • -कार्यलय भित्रको र गाउँपालिकाको वडा तथा जनसमुदायसम्म सञ्चार संप्रेषण र संवादको व्यवस्था  सम्बन्धि कार्य,
  • -स्थानिय सरकार संचालन ऐन तथा गाउँपालिकाको निर्णय बमोजिम अभिलेख राख्नु पर्ने विषय र क्षेत्रको तथ्यांक र सूचना संकलन, प्रसोधन अभिलेखन र प्रकाशन सम्बन्धि कार्य,
  • -गाउँपालिकाको तथ्यांक तथा जानकारीहरु राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा समेत अध्यावधिक गर्ने,
  • -गाउँपालिकाको श्रोत नक्साको अध्यावधिक अभिलेखन गर्ने ।
  • -सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन सम्बन्धि कार्य,
  • -सार्वजनिक सम्पत्ति,  सामुदायिक सम्पत्ति, भवन, सडक, व्यवसायको विवरण सहितको अद्यावधिक अभिलेख राख्ने ।
  • -गाउँपालिका/शाखा/वडा कार्यालयहरु मा दैनिक गतिविधि जस्तै कार्यालय व्यवस्थापन, चिठी/सचार, लेखा, स्टोर व्यवस्थापन आदी चुस्त र प्रभावकारी बनाउन समयानुकुल सफ्टवेयर तयार गर्न र सञ्चालन गर्न सहयोग गर्ने ।
  • -गाउँपालिका/शाखा/वडा कार्यालयहरुमा हाल सञ्चालनमा रहेको सबै सफ्टवेयर/प्रणालीहरु सञ्चालन गर्ने र यसको सही अभिलेख तयार गर्ने ।
  • -विद्युतीय शासन स्थानपनार्थ निम्न उपकरण(Tools) हरुको स्थापना/ जडान गर्न सहयोग गर्ने र सञ्चालन गर्ने:-

 

१. सूचना प्रविधिसंग सम्बन्धीत दैनिक काममा आउने उपकरणहरु/सहायक उपकरणहरु

२. कार्यालयको इन्टरनेट सेवा

३. बेबसाइट

४. मन्त्रालय/निकाय/केन्द्रीय कार्यालयको आधिकारीक सामाजिक सञ्जालहरु

५. सरकारी इमेल एकाउन्टहरु

६. डिजिटल नागरिक वडापत्र र सूचनापाटीहरु

७. ई-हाजीरी, Group SMS, Mobile Apps

८. अडियो नोटिस बोर्डको

९. Mobile Apps संचालन गर्ने

१०. हस्तलिखित दस्तावेजहरुको कम्प्युटरकृत गर्ने

११. कम्प्युटर नेटवर्क जडान तथा यसका साधनहरुको यथोचित उपयोग कार्यालयको इन्टरनेट सेवा

१२. कार्यालयका पदाधिकारी, कर्माचारीहरुको सुचना प्रबिधि सम्बन्धि क्षमता विकास

 

 

प्रमुख प्रशासकिय अधिकृत, लेखा शाखा र सूचना प्रविधि शाखा
ito.panchpokharithangpalmun@gmail.com