FAQs Complain Problems

समाचार

श्री थाङपालभ्याली मा.वि

विद्यालयको परिचय

वर्तमान पाँचपोखरी थाङपाल–४, अधिकारी टोल स्थित यस श्री थाङपाल भ्याली माध्यमिक विद्यालयको विगतको इतिहासलाई केलाउँदा यसको स्थापना राणा शासनको बर्बर,दमन र अन्धकारमय कालखण्डको समाप्ति पछि तत्कालिन समाजको आवश्यकतालाई ख्याल गरी सर्वसाधारण जनताको छोराछोरीलाई साक्षर, नैतिकवान र आफ्ना संस्कृति प्रति झुकाव राख्ने शिक्षा प्रदान गरी सचेत बनाउने उदेश्यका साथ स्थानीय बुद्धिजीवि एवम् समाजसेवी श्री गडुलध्वज बस्नेतज्यूको सक्रिय सहयोगमा शिक्षकद्वय श्री बासुदेव अधिकारी र श्री उदय बहादुर सिल्वाल राखी साबिकको थाङपालकोट गा.वि.स.वडा नं. ३ स्थित मानेचौर हालको मिलनचोक स्थित पिपलको रुखमुनि चित्राको छाना भएको एक कोठे छाप्रो बनाई सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन २०१८ तत्कालिन शिक्षा मन्त्री श्री विश्वबन्धु थापाको अध्यक्षतामा १२ सदस्यीय मूल समिति गठन गरी श्री ५ समक्ष २०१८ असार १५ गते प्रतिवेदन पेश गरे लगतै वि.स. २०१८ साल भदौ १ गतेका दिन प्राइमरी विद्यालयको रुपमा यस विद्यालयको जन्म भएको हो र मानेचौर स्थित ठाउँको अभावले गर्दा स्थापना भएको एक वर्ष पछि वि.स. २०१९ सालमा रैथाने चौरमा स्थानान्तरण भई श्री रैथाने प्राथमिक विद्यालयको रुपमा स्थापना भएको र स्थापनाकालको लामो समय पछि शैक्षिक संत्र २०५५ र ०५६ बाट निम्न माध्यमिक र त्यसको करिब ८ वर्ष पछि शैक्षिक संत्र २०६३ देखि माध्यमिक विद्यालय क्रमश: कक्षा ९–१० सम्म संञ्चालन हुदै आएकोमा वर्तमान अवस्था सम्म आईपुग्दा समयले धेरै फड्को मारीसकेको छ ।

२१ औ शताब्दिमा शिक्षाको महत्व धेरै नै रहेको र शिक्षा बिना कोही पनि सफल हुन नसक्ने यथार्थ हामी सबैको सामू छर्लङगै छ । त्यसैले त शिक्षा मानव जीवनको तेस्रो आँखाको रुपमा लिइएको पाईन्छ । मानव जीवनमा सबैले कुनै न कुनै तरिका/किसिम वा मध्यमबाट शिक्षा प्राप्त गरिरहेका हुन्छन । केहीले औपचारिक र केहीले अनौपचारिक, शिक्षाबाट मात्र मानिस सफल हुन सक्छन । त्यसैले हरेक राष्ट्रले आ–आफ्नै शैक्षिक उद्देश्य राखेका हुन्छन । जसले देशको शिक्षालाई सबै जनता सामू सजिलै प्राप्त गर्न सकून भन्ने उद्देश्य राखेको हुन्छ र त्यही शिलशिलामा नेपाल सरकारले पनि शिक्षालाई विकेन्द्रिकृत नीति अनुरुप तल््लो तहसम्म नै योजना निर्माण र कार्यन्वयन गर्नको लागि केही अधिकारहरु सुम्पेको छ र त्यसको लागि नीति नियमहरु बनाई दिएको छ । तदनुरुप शिक्षा क्षेत्रमा पनि जनस्तर सम्म शिक्षाको पँहुच पुर्‍याइ आफ््ना बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न र अपनत्व महशुस गराउन र देश विकासको मेरुदण्ड रुपमा रहेको दक्ष जनशक्ति उत्पदानको स्रोतको रुपमा रहेको शिक्षा समाजवाद उन्मुख भएमा समृद्ध राष्ट्र निर्माणको आधार बन्ने हुदाँ शैक्षिक स्तरोन्नतिका लागि शिक्षासँग सम्बन्धित सबै समस्याहरुको समाधान गर्न र प्राविधिक र गुणस्तरीय शिक्षा प्रदान गर्न पाँचपोखरी थाङपाल–४ मा रहेका सम्पुर्ण विद्यालयहरु समायोजन गरेको छ ।

समाज रुपान्तरणको एक भाग साधन हो शिक्षा जबसम्म शिक्षा जीवनोपयोगी र व्यवहारपयोगी हुदैन तबसम्म वास्तविक शिक्षा प्राप्त गर्न सकिदैन । शिक्षा प्रमाणपत्र प्राप्तिको मध्यममात्र बन्यो भने त्यसले स्वभाविक रुपमा वेरोजगार उत्पदान मात्र गर्दछ । निरन्तर वेरोजगार उत्पदान हुँदै जाँदा समाज गलत बाटोतर्फ जान्छ र समाजमा अमनचैन कायम गर्न कठिनाई पर्दछ साथै समाजमा स्वच्छदताले स्थान पाउन कठिन हुन्छ । तसर्थ विउ राम्रो रोप्न सकिएन भने बोट राम्रो आवश्य हुदैन त्यही कुरालाई मध्यनजर गरी व्यवहार उपयोगी शिक्षाको प्रबन्धका लागि राज्य,समुदाय र व्यक्ति सबै लागी पर्नु जरुरी छ ।

मानव सभ्यताका विभिन्न कालखण्डहरु पार गर्दै शैक्षिक चेतनाका लहरहरु जसरी समयानुकुल फैलिदै गए, त्यसको प्रभाव नेपालको प्रत्येक बस्तिहरुमा परि नै हाल्यो । समयको वेगसँगै मानिसको शिक्षा प्राप्तिको भोक दिन दूई गुना रात चौ गुना बढ्दै गए । जनस्तरबाट होस् वा राज्यस्तरबाटै पनि विद्यालयहरु धमाधम खुल्न थाले हरेक राजनैतिक परिवर्तन पछि शिक्षा क्षेत्रमा ठुलो परिवर्तन आयो । विद्यालय खुल्नेक्रम विना योजना चलि नै रहयो । त्यसैको निरन्तरताको रुपमा वि.स. २०१८ सालमा प्राईमरी विद्यालय र वि.स. २०१९ मा श्री रैथाने प्रा.वि.को रुपमा यस विद्यालयको स्थापना भयो र तत्कालिन समयमा वर्तमान पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ३ भोताङ, वडा नं. ४ थाङपालकोट र वडा नं. ५ गुन्साको एक मात्र शैक्षिक केन्द्रको रुपमा रहेर यस विद्यालय अगाडी बढ्यो र त्यसको केही समय पछि गुन्सामा हालको श्री सातकन्यामति मा.वि. र भोताङमा श्री भोताङदेवी मा.वि.को स्थापना भयो भने थाङपालकोटमा भने वि.स. २०४५ सम्म यही विद्यालय श्री रैथाने प्रा.वि.को रुपमा थाङपालकोटको एक मात्र विद्यालयको रुपमा रहि रहयो र वि.स. २०४४ सालमा यस विद्यालयका तत्कालिन प्रधानाध्यापक श्री कृष्ण बहादुर सापकोटा, तत्कालिन उपप्रधानपञ्च श्री राम बहादुर तामाङ, समाजसेवी श्री विर्ष बहादुर सापकोटा र बाउडे लामा लगायतको व्यक्तिहरुको बैठक बसी तत्कालिन अवस्थाको भुगोल, जनघनत्व लगायत विविध कारणले थाङपालकोटमा यस विद्यालयसँगै अर्को विद्यालय स्थापनाको लागि अनुमति माग गर्ने निर्णय बमोजिम अनुमति माग गरेकोमा शिक्षा कार्यालयबाट वि.स. २०४५ साल साबिकको थाङपालकोट–८ चिलाउनेमा नयाँ विद्यालय स्थापना गर्नका लागि अनुमति प्राप्त भएको तर विद्यालय थाङपालकोट–८ चिलाउनेमा स्थापना नभाई साबिककोथाङपालकोट–६ अन्तर्गत मानेखर्क डाँडाकोसानो लाकुरी बिसौनामा विद्यालयको नाम चाँहि साबिकको थाङपालकोट–८ चिलाउने गाउँको नामबाट श्री चिलाउने राखी स्थापना भएको थियो भने पाठनपठनको लागि तत्कालिन श्री रैथाने प्रथामिक विद्यालयमा कार्यारत शिक्षक श्री उत्तम सापकोटालाई खटाएर पढाउन सुरु गरेको थियो भने समयको मागले गर्दा हो वा जनतामा शिक्षा प्रतिको भोकले गर्दा हो थाङपालकोटमा विद्यालयहरु खुल्ने क्रम चालि रहयो यस क्रममा वि.स.२०४८ साल श्री सातकन्या आधारभूत विद्यालय र वि.स. २०५२ साल श्री टालटुलेश्वरी आधारभूत विद्यालयको स्थापना भई थाङपालकोटमा मात्र ४ वटा विद्यालयहरु स्थापना भए भने यसरी नै भोताङ, गुन्सा लगायत वरिपरि धेरै विद्यालयहरु खुल्दै गए तर गुणस्तरका बारेमा न त समुदायले चासो व्यक्त गरे न त सरकारले विद्यालयहरु निरन्तर चलि रहे केबल चल्नका लागि चले तर हाल आएर चेतनाको अभिवृद्धि, संञ्चार तथा सुचनाको विकास तथा दिननुदिन जटिल बन्दै गएको जीवन प्रकृयाले अबको दिनमा संख्यामा होइन गुणस्तरमा भविष्य देख्न थाल्यो । त्यसैको प्रमाणका रुपमा पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नं. ४ का सबै विद्यालय एकिकरण गरी संख्यात्मक रुपमा एउटा विद्यालय तर गुणात्मक रुपमा अव्वल विद्यालय बनाउन र यस भेगका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्राप्तिका लागि अन्यत्र धाउनु नपर्ने उद्देश्यका साथै हाल उच्च शिक्षा अध्ययनमा हुने गरेका लाखौ लाख खर्च रोक्दै र अबको दिनमा गुणस्तरीय शिक्षाको लागि यहाँका बालबालिका काठमाडाँै लागयत देशको प्रमुख शहरहरुमा नजाने मात्र होइन काठमाडाँै लागयत देशका विभिन्न ठाउँको बालबालिका गुणस्तरीय शिक्षा प्राप्त गर्न पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नं. ४ खोज्दै आउने वातावरण सिर्जना गर्न र यहाँका बालबालिकाले आफ्नै घरको रुखो सुखो खाएर गुणस्तरीय उच्च शिक्षा अध्ययन गर्न पाउने दीर्घकालिन लक्ष्य सहित मिति २०७५ साल असोज १४ गतेका दिन यस पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री राम बहादुर तामाङको अध्यक्षता तथा पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष श्री टासी लामाको प्रमुख आतिथ्यतमा विद्यालय समायोजन सम्बन्धी विद्यालयहरुको वि.व्य.स. र सरोकारवालाहरुको प्रथम संयुक्त बैठक बसी सो बैठकले विद्यालयहरु समायोजन गर्ने निर्णय गरी मातृ विद्यालय साबिकको श्री रैथाने माविलाई कायम गरी साबिकको विद्यालयहरु श्री सातकन्या आधारभूत विद्यालय भन्दा बाहेक श्री रैथाने मा.वि.,श्री चिलाउने मा.वि. र श्री टालटुलेश्वरी आधारभूत विद्यालयको नाम साबिकको थाङपालकोट भित्र रहेको स्थान विशेष वा धार्मिक स्थल विशेषको नामबाट नामकरण गरिएको हुनाले समायोजन पछि सिङ्गो थाङपालकोटलाई समेट्ने गरी थाङपालकोटको नामबाट श्री थाङपाल भ्याली मा.वि. नाम सिफारिस गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरद्वारा मिति २०७६/०९/१३ गते अभिलेख कायम गरे पाश्चत हाल यस विद्यालय प्राइमरी विद्यालय, श्री रैथाने माध्यमिक विद्यालय हुदै श्री थाङपाल भ्याली माध्यमिक विद्यालयको रुपमा अधिकारी टोल स्थित पश्चिममा वडा न. २ बरुवा, उत्तरमा वडा नं ३ भोताङ, पूर्वमा वडा नं. ५ गुन्सा र दक्षिणामा वडा नं. ६ थाङपाल धापको विचमा अवस्थित छ ।

विद्यालयको तह छनोट गर्नुहोस्:

विद्यालयको प्रकार छनोट गर्नुहोस्:

प्र.अ.को नाम: 
विजय तामाङ
प्र.अ.को सम्पर्क नं.: 
9808414081, 9864165363
विद्यालयको ठेगाना: