FAQs Complain Problems

समाचार

श्री टासी लामा

ईमेल: 
tasi.nagigyang@gmail.com
फोन: 
9851102837

पालिका प्रमुख/अध्यक्षका काम, कर्तव्य र अधिकारहरू:

  • सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने ।
  • सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूचि तथा प्रस्ताव पेश गर्ने, गराउने ।
  • बार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गराउने ।
  •  सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने ।
  •  सभा र कार्यपालिकाको निर्णय कार्यन्वयन गर्ने\गराउने ।
  • कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने ।
  • उपाध्यक्ष वा उपप्रमुख, कार्यपालिका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलाइ काजमा खटाउने ।
  • वडा समितिबाट सम्पादन हुने सिफारीस तथा प्रमाणित हुने विषय बाहेक प्रचलित नेपाल कानून बमोजिम स्थानीय तहबाट गर्नुपर्ने प्रमाणित वा सिफारिस गर्ने ।
  • पालिकाको चल अचल सम्पत्ति हेरचाह तथा मर्मत सम्भार गर्ने गराउने र आम्दानी, खर्च, हिसाब र अन्य कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने ।
  • पालिका समिति, उपसमिति तथा वडा समितिको कामको रेखदेख गर्ने ।
  • सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासो व्यवस्थापन गर्ने गराउने ।
  • सात दिनभन्दा बढि समय पालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाइ कार्यभार दिने ।
  • सभा वा कार्यपालिकाले तोकेका अन्य काम गर्ने ।