FAQs Complain Problems

समाचार

शिक्षा युवा तथा खेलकुद शाखा

पृष्ठभूमि

      पाँचपोखरी गाउँपालिका नेपालको प्रशासनिक विभाजन अनुसार मध्माञ्चल विकास क्षेत्र अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा र हाल वागमती प्रदेशमा पर्दछ । पाँचपोखरी यो पालिकाको नाम प्रसिद्व धार्मिक र पर्यटकीय स्थल पाँचपोखरी संग जोडिएको छ । यो गाउँपालिकाको स्थापना २०७३ सालमा राज्यको पुर्नसंरचना संगै भएको हो ।पूर्वमा जुगल पश्चिममा हेलम्वु गाउँपालिका उत्तर तर्फ रसुवा र लामटाङ राष्ट्रिय निकुञ्ज साथै दक्षिण तर्फ मेलम्ची नगरपालिका पर्दछ । यो गाउँपालिकाको नामाङकरण भएको स्थल पाँचपोखरी यहि गाउँपालिकाको वडा नं ३ को भोताङको भौगोलिक क्षेत्र भित्रको राष्ट्रिय निकुञ्जमा पर्दछ । यो पालिकाको कुल क्षेत्रफल १८७.२९ वर्ग कि.मि रहेको छ भने समुन्द्रि सतहवाट ४१०० मि. को उचाईमा यस पालिको उच्च भू-भाग पाँचपोखरी पर्दछ । नेपाल सरकारको निर्णयानुसार साविकका वाँसखर्क ,वरुवा ,भोताङ, थाङपालकोट, गुन्सा ,थाङपालधाप, भोटेनाम्लाङ र लाँगर्चे गा.वि.स हरु समेटेर पाँचपोखरी थाङपाल गाउँपालिका घोषणा गरिएको थियो । वन, उर्वर, कृषि, जमिन, नदीनाला र जैविक विविधता जस्ता प्राकृतिक सम्पदा यथेष्ट उपलव्धता शिक्षित मानविय श्रोतमा वृद्दि जनसांख्यिक लाभांसको अवरस उपलव्ध हुनु शैक्षिक तालिम केन्द्रहरुको संचालन पर्यटकीय गन्तव्यको लागि प्रशस्त स्थानहरु हुनु बहुमूल्य प्रशस्त जडिवुटीहरु प्रशस्त मात्रामा रहनु तथा धार्मिक महत्व वोकेका प्रसिद्द स्थानहरुहुनु यस गाउँपालिकाको दिगो विकासका आधार स्तम्भका रुपमा रहेका छन । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको वसोवास रहेको छ ।यस पालिकामा पाश्वचित्र सर्वेक्षण २०७५ अनुसार कुल घरधुरी संख्या ७८०३ रहेको छ ।

 

fiscal_yrs: