FAQs Complain Problems

समाचार

रोजगार सेवा केन्द्र

रोजगार सेवा केन्द्र

रोजगार सेवा केन्द्रको परिचयः

नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको छ । संविधानमा उल्लेखित उक्त हकको कार्यान्वयन गर्न सरकारले रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी गरि कार्यान्वयनमा ल्याएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गरी आगामी पाँच वर्ष भित्रमा कुनै पनि नेपाली नागरिकले वाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ । सार्वजनिक विकास निर्माण सम्बन्धी कार्यक्रम तथा आयोजनाहरू सरकारका विभिन्न तह अन्तर्गतका विषयगत मन्त्रालय तथा निकायहरूबाट संचालन हुने गरेका छन् । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरुको पहिचान र सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने व्यवस्था गरेको छ । रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरुका सार्वजनिक निर्माण तथा सार्वजनिक क्षेत्रका अन्य कार्यक्रमहरुमा पर्याप्त संख्यामा थप रोजगारी सिर्जना गर्ने गरी समन्वयात्मक र योजनावध्द ढंगले तिनीहरुको कार्यान्वयन गर्ने प्रबन्ध गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा आएको हो । कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहमा २०७७ फाल्गुण देखि रोजगार सेवा केन्द्रको स्थापना गिरएको हो । स्थानीय स्तरमा रोजगारी श्रृजना गर्दा सार्वजनिक क्षेत्रका विकास निर्माण सम्बन्धी कार्यक्रम तथा आयोजनाहरूमा श्रमिकको माग हुने र माग बमोजिमका श्रमिकहरूको आपूर्ति रोजगार सेवा केन्द्रमार्फत भई सबै स्थानीय तहमा श्रमिकको माग र आपूर्तिको औपचारिक संयन्त्रको रुपमा रोजगार सेवा केन्द्र रहेको छ ।

रोजगार सेवा केन्द्र अन्तरगतका कार्यहरुः 

  • स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, 
  • सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्रवितरण गर्ने, 
  • स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्ने,
  • स्थानीय तहभित्रको रोजगारीको सम्भाव्य स्थिति विश्लेषण गरी रोजगारीको तथ्यांक संकलन गर्ने, रोजगार नक्सांकन गर्ने तथा रोजगारीका अवसरको अभिलेखांकन गर्ने, 
  • रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी गराउने, 
  • रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममाजान सूचित गर्ने,
  • बेरोजगारहरुको ज्ञान, सीप, योग्यता, अनुभव, र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने, 
  • आफ्ना कामकारवाहीको बारेमा नियमित रुपमा सम्बन्धित गाउँकार्यपालिका तथा नगरकार्यपालिकामा प्रतिवेदन पेशगर्ने,
  • ऐन तथा यस नियमावली बमोजिम आफूले गरेका काम कारबाहीको सम्बन्धमा    मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धी विषय हेर्ने मन्त्रालयमामासिकरुपमा प्रतिवेदन पठाउने,    
  • आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुका लागि सूचना सम्प्रेषण गर्ने,
  • वैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराइने आर्थिक सहायता वितरण सम्बन्धी कार्यमा सहयोग पु¥याउने,
  • बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने,
  • सम्बन्धित स्थानीय तहमा रोजगारी तथा स्वरोजगारी सम्बन्धी कार्य गर्ने अन्य सरकारी निकाय वा त्यस्ता निकायद्वारा सञ्चालित कार्यक्रमसँग समन्वय र सहकार्य गर्ने,
  • रोजगार सम्बन्धी सरोकारवालालाई अन्य सेवा प्रदान गर्ने ।

रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्ति र उपलब्ध रोजगारी विवरणः

आ. व.

सूचिकृत बेरोजगार संख्या

रोजगारी पाउनेको संख्या 

‌‌औषत रोजगारीको दिन

२०७६/०७७

९०३

१२६

३४

२०७७/०७८

१५२०

३८३

९६

२०७८/०७९

१८०५

0

0

 

रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारी विवरणः

क्र. सं.

नाम थर

पद

सम्पर्क नं.

ईमेल

१.

धुब्र प्रसाद लामिछाने

रोजगार संयोजक

९८५१२२२२६१

pmep.panchpokharithangpalmun@gmail.com

२.

विशाल तामाङ्

प्राविधिक सहायक

९८६७९८२७२३

sindhuhelp100@gmail.com