FAQs Complain Problems

समाचार

मिति २०७८ साल अषाढ २९ गते बसेको विपद व्यवस्थापन र  प्रकोप व्यवस्थापन समितिका निर्णयहरु

  • आ.व.२०७७/०७८ मा  पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विपद तथा प्रकोपका सम्बन्धमा यस गाउँपालिका भित्र भए गरेका सम्पूर्ण काम कारवाहीका विषयमा विस्तृत छलफल गरी समिक्षा गरियो ।
  • आ.व.२०७७/०७८ मा विपद तथा प्रकोप व्यवस्थापन सम्बन्धमा भएका सम्पूर्ण आम्दानी  खर्चको आय व्याय सार्वजनिक गरिएको ।
  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा गत अषाढ १ गते र त्यस पछि आएको बाढी पहिरोका कारण क्षति भएका बस्तीहरुको संरक्षण तथा निर्माण गर्ने अल्पकालीन र दिर्घकालीन रुपमा कार्ययोजना अगाडि बढाउने ।
  • एकीकृत बस्ती निर्माणका लागि गुरुयोजना (Master Plan) निर्माण गर्नको लागि Care Nepal र CSRC सँग अनुरोध गर्ने ।
  • बाढी पहिरोका कारण क्षति भएका सिंचाई कुलो मर्मत सम्भारका लागि ५ दिन भित्र  विवरण पेश गर्न वडा कार्यालयलाई अनुरोध गर्ने ।
  • वर्षाद अवधिभर सडक मर्मत सम्भार गर्न भाडामा लिएका डोजर तथा जेसीवीको सम्झौतालाई निरन्तरता गर्ने ।
  • वर्षातका कारण बिग्रिएका सडकहरु नियमित मर्मत सम्भार गर्ने ।
  • खानेपानीका पाईपहरु खरिद गर्ने ।
  • अषाढ १ गतेको बाढी पहिरोका कारण याङ्ग्री क्षेत्रमा रहेका झोलुङ्गे पुलहरु बगाई आवत जावतमा कठिनाइ भएकाले याङग्रीमा तुईन निर्माण  गर्ने ।
  • १०.बाढी पहिरोबाट प्रभावित  बस्ती तथा जग्गा व्यवस्थापन संरक्षण गर्न सम्बन्धित निकायमा आवश्यक पहल गर्ने ।
  • आ.व.२०७७/०७८ का लागि गाउँपालिकामा रहेको विपद व्यवस्थापन तथा प्रकोप व्यवस्थापन कोषबाट खर्च भएका सम्पूर्ण योजना तथा कार्यक्रम अनुमोदनका लागि कार्यपालिकामा पेश गर्ने ।
  • अषाढ १ गतेको बाढी पहिरोका कारण पिडित भएका यस गाउँपालिकाका बाढि पहिरो पिडीतहरुलाई आर्थिक, खाद्यान्न लगाएत अन्य आवश्यक बसोबासका सामाग्रीहरु सहयोग गर्ने सम्पूर्ण सरकारी, सार्वजनिक संघ संस्था र व्यक्तिहरुलाई विशेष धन्यवाद दिने ।

आर्थिक वर्ष: