FAQs Complain Problems

समाचार

पूर्णरुपमा अशक्त भएका अपाङ्गहरुलाई ह्वीलचेयर वितरणको कार्यक्रम सुरु गरेको छ

पाँचपोखरी थाङपाल गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठनागरिक शाखाबाट पूर्णरुपमा अशक्त भएका अपाङ्गहरुलाई ह्वीलचेयर वितरणको कार्यक्रम सुरु गरेको छ मिति २०७८/०६/१६ गतेका दिन लाँगर्चे ८ नं. वडामा ४ जना अपाङ्गलाई वितरण गरेको थियो । सो कार्यक्रममा अपाङ्गको सुविधाको लागि दैनिक जीवन सहजसँग जीउनको लागि उनीहरुको घर–घरमा सोहि वडाका अध्यक्ष विष्णु ब. खड्का, वडासदस्य गिता धिताल, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार पोखरेल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सारदा उप्रेती र अन्य कर्मचारीको संलग्नतामा ह्वीलचेयर वितरण कार्यक्रम सम्पन्न गरेको हो । साथै बाँकी रहेका वडा नं. १– बाँसखर्क, वडा नं. ३– भोताङ र वडा नं. ४– थाङपालकोटमा पनि केही समयभित्र गर्ने कार्यक्रम रहेको गाउँपालिका कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष: