समाचार
पाँचपोखरी थाङपाल गाउँपालिका भित्र रहेका उत्कृष्ट पर्यटकीय तथा धार्मिक स्थल छनौट, संरक्षण र सम्वर्द्धन गर्दै फोटोग्राफी मार्फत सम्पदा र परिवर्तनलाई उजागरगर्न फोटो प्रतियोगितामा सहभागी भई प्रथम हुने यसै पालिकाका फोटो ग्राफर पाल्देन लामालाई सम्मान गरियो ।
यस पाँचपोखरी थाङपाल गाउँपालिकाको आ. व. २०८१/०८२ को वार्षिक स्विकृत कार्यक्रम अन्तरगत पाँचपोखरी थाङपाल गाउँपालिका भित्र रहेका उत्कृष्ट पर्यटकीय तथा धार्मिक स्थल छनौट गर्न तथा पाँचपोखरी थाङपाल गाउँपालिकाले धार्मिक, सांस्कृतिक, प्राकृतिक सौन्दर्य र विकासका कार्यहरुलाई संरक्षण तथा सम्वर्द्धन गर्दै फोटोग्राफी मार्फत सम्पदा र परिवर्तनलाई उजागर गर्न फोटो प्रतियोगितामा सहभागी भई प्रथम हुने यसै पालिकाका फोटो ग्राफर पाल्देन लामालाई सम्मान स्वरुप ५० हजार पुरस्कारबाट सम्मान गर्न पाउँदा गाउँपालिका परिवारबाट धन्यवाद सहित आगामी दिनमा समेत पाँचपोखरीको हरेक रचनात्मक कार्यमा यहाँको सहयोग रहने छ भन्ने अपेक्षा सहित शुभकामना व्यक्त गर्दछौँ ।
मिति २०८२/०२/०८ गते