FAQs Complain Problems

समाचार

नीति, नियम र नियमावली

कुनै पनि संस्थाको आन्तरिक व्यवस्थापन सम्बन्धी नियम, विनियम, विधि-विधान स्पष्टसँग खुलाईएको कागजातलाई नियमावली भनिन्छ । नियमावलीमा संस्थाको काम कारवाही सुव्यवस्थित रूपले सञ्चालन गर्न र प्रबन्धपत्रमा उल्लेख गरिएका उद्देश्य पूर्तिको लागि गर्नु पर्ने कामको लागि नियमावलीमा व्यवस्था राखिएको हुन्छ ।

सार्वजनिक नीति भनेको सरकारले के गर्ने वा के नगर्ने भन्ने सम्बन्धमा गरेको सार्वजनिक घोषणा वा प्रतिबद्धता हो । यो सार्वजनिक सरोकारका समस्याको समाधान गर्न वा अवसरको उपयोग गर्न सरकारले तय गरेको बाटो हो । त्यसैले सार्वजनिक नीतिलाई सरकारको पूर्वनिर्धारित कार्यदिशा भन्ने गरिन्छ । यो भविष्योन्मुख हुन्छ । यसले सरकारका लक्ष्य तथा उद्देश्यको कार्यान्वयन गराउने माध्यमको रूपमा काम गर्छ । यो जनता र सरकारलाई आपसमा भेट गराउने योजक हो । यस्तो सार्वजनिक नीति लिखित, मौखिक वा सांकेतिक हुन सक्छ । सरकारात्मक वा नकारात्मक प्रकृतिको हुन सक्छ ।