FAQs Complain Problems

चौमासिक सूचना प्रकाशन गरिएको बारे ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको समग्र विकास यात्रामा पारदर्शिता, उत्तरदायित्व र जनसहभागितालाई सधैं उच्च प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत पौष महिनादेखि फाल्गुन महिनासम्म गाउँपालिकाका विभिन्न शाखाहरू, प्राथमिक अस्पताल खाल्डेखोला सूचना केन्द्र तथा वडा कार्यालयहरूले सम्पादन गरेका मुख्य–मुख्य क्रियाकलापहरूको सूची यसै साथ संलग्न गरी सार्वजनिक गरिएको छ।
तपाईँ हाम्रो सामूहिक प्रयास, समर्पण र प्रगतिप्रतिको हरेक योजना, हरेक सेवा र हरेक पहलमा गाउँपालिकाको समुन्नत भविष्यप्रतिको सपना लुकेको छ। जनताको सेवामा समर्पित भई गरिएका यी कार्यहरूले विकासको बाटोलाई अझ फराकिलो र उज्यालो बनाउने विश्वास लिइएको छ।
हामी सबैको योगदानले नै ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने मान्यताका साथ यहाँहरूको साथ, सहयोग र सकारात्मक सुझावको अपेक्षा गरिएको छ। यस प्रकाशनमार्फत प्रस्तुत गरिएका गतिविधिहरूलाई अझ प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन यहाँहरूको रचनात्मक सुझावहरू अमूल्य मार्गदर्शन बन्नेछन्।
त्यसैले, कुनै पनि राय, सल्लाह वा सुझाव भएमा गाउँपालिकाको इमेलमार्फत वा सूचना अधिकारीको सम्पर्क नम्बर ९८५१२७८५३० मा सम्पर्क गरी आफ्नो अमूल्य विचारहरू साझा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
आउनुहोस्, सहकार्य, सद्भाव र विश्वासको सेतु बाँध्दै समृद्ध पाँचपोखरी थाङपालको सुन्दर भविष्य निर्माणमा हातेमालो गरौं।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

//