समाचार
प्याराग्लाइडिङको सफल परीक्षण उडान
पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. २ को आमायाङ्ग्री समुन्द्री सतह देखी ३७७१ मि उच्चाईबाट ज्योमोथाङ् चौर सम्म प्याराग्लाइडिङको सफल परीक्षण उडान पाईलट श्री नुरेन राणाबाट भएको थियो भने, हिमालमालका मनोरम दृश्यहरु हेर्दै आकाशमा उडाउन पाउँनु यो क्षण अभिष्मरणिय रहने छ साथै ३५ सय मिटर भन्दा माथिको यो पहिलो परिक्षण भएको आयोजक पर्यटन पर्वधन समितिका अध्यक्ष श्री सुबास तामाङले बताउनुभएको छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    