मिति २०८१/०३/१ गते देखी २०८१/०३/३ गते सम्म संचालन भएको ICT सम्बन्धि तालिमको उद्घाटन शिक्षा युवा तथा खेलकुद विकास शाखाका शाखा प्रमुख कमला खनालबाट गरिएको थियो । यस पाँचपोखरी थाङपाल गाउँपालिका अन्तरगत रहेका सम्पुर्ण विद्यालयबाट शिक्षकहरुको सहभागीतामा सूचना सञ्चार प्रविधिमा दक्षता ल्याउन र विद्यालयमा सूचना प्रविधिको प्रयोगमा थप सुधारको उद्देश्यले तालिमको आयोजना गरिएको थियो । तालिम प्रशिक्षक यस पालिकाका सूचना प्रविधि अधिकृत नारायण क्षेत्रीले गर्नुभएको थियो ।
यस पाचँपोखरी थाङपाल गाउँपालिकाले भू-उपयोग ऐन २०७६, भू-उपयोग नियमावली २०७९ र भू-उपयोग (पहिलो शंसोधन) नियमावली, २०८० को प्रावधान तथा व्यवस्था अनुसार गाउँपालिकाको भूउपयोग क्षेत्र वर्गीकरण तयार भएको र सोहि बमोजिम भु-वर्गीकरण नक्सा तयार तथा कित्तागत विवरण अद्यावधिक भईसकेको हुदाँ यस पाचँपोखरी थाङपाल गाउँपालीकाको गाउँपालीका स्तरीय भु-उपयोग परिषदको मिति २०८१।०२।०७ गतेको निर्णयानुसार भुमिवर्गीकरणको मापदण्ड, मापदण्ड बमोजिम नक्सा तयार र कित्तागत विवरण तयार गरि भु-उपयोगबाट अनुमोदन भएको जानकारी गराउँद छौँ ।