लैङ्गिक समानता र सामाजिक समावेशीमैत्री बनाउन, संवैधानिक एवम कानूनी उत्तरदायित्व तथा जिम्मेवारी पुरा गर्न, राज्यले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता अनुरुप कार्य गर्न र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई संस्थागत गर्दै समावेशी विकासलाई प्रबर्द्धन गर्ने कार्यलाई थप मार्ग दर्शन गर्न यो “लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति” तयार गरिएकोछ ।
जलवायु परिवर्तनका स्थानीय असरहरुलाई न्यूनीकरण गरी संकटासन्न समुदाय तथा घरपरिवारको अनुकूलन क्षमता बृद्धि गर्न स्थानीय सरोकारवाला, सेवाप्रदायक र सेवाग्राहीहरुको प्रत्यक्ष सहभागितामा तयार पारी कार्यान्वयन गर्न यो योजना बनाईएको छ । स्थानीय अनुकूलन योजना (Local Adaptation Plan for Action, LAPA) तर्जुमा तथा पुनताजगीकरणका लागि मिति २०७९ साल फाल्गुन २ र ३ गते धुलिखेलको सनराई होटलमा आयोजना भएको यस कार्यक्रम आयोजक आर्सो नेपाल तथा प्रशिक्षक सुसिला चाटर्जी म्याडमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।