FAQs Complain Problems

समाचार

विपद् व्यवस्थापन सम्बन्धि बैठकबाट भएका निर्णणहरु ।

आज मिति २०७८ साल आषाढ १६ गतेका दिन यस पाँचपोखरी थाङ्पाल गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिका संयोजक गा. पा. अध्यक्ष श्री टासी लामाज्यूको अध्यक्षतामा समितिका अन्य सदस्यहरुको उपस्थितिमा बसेको बैठकबाट निम्नानुसारका निर्णयहरु गरियो ।
•    बाढीबाट क्षति ग्रस्त सडक, मोटरेबल पुल, झो. पुल खानेपानि सिचाईको पुन निर्माण गर्ने ।
•    संघ संस्थासंग सडक, मोटरेबल पुल, झो. पुल खानेपानि सिचाईको पुन:निर्माण तथा बस्तिको स्थानान्तरणको लागि आबश्यक सहयोग माग गर्ने ।
•    आषाढ १ गतेको बाढि पहिरोबाट प्रभावितहरुका लागि राहत सामग्री तथा नगद सहयोग गर्ने सरकारी निकाय संघ संस्था र व्यक्त्तिहरु धन्यवाद दिने ।
•    उच्च जोखिम भएका ठाँउहरुमा साईरन जडान गर्ने तथा जडानका लागि काठमाण्डौँ विश्वविद्यालय र अन्य संस्थासंग माग गर्ने सम्बन्धमा ।
•    गाउँपालिका अन्तरगत विपद् व्यवस्थापन शाखा स्थापना गर्ने ।
•    विपद् व्यवस्थापनका अल्पाकालिन तथा दिर्घकालीन योजनाहरु व्यवस्थापन गर्न कार्ययोजना निर्माण गर्ने ।
•    भु-गर्वविध्दको प्रतिवेदन तथा आषाढ १ गतेको बाढि पहिरोबाट बस्ति स्थानान्तर गर्नुपर्ने ठाउँहरु पहिचान गरि बस्ति सार्न सुरक्षित आवासीय जग्गाको स्थलगत अध्यन अनुगमन गरि प्रतिवेदन पेशगर्न वडा कार्यालयलाई निर्देशन दिने ।
•    आषाढ १ गतेको बाढीवाट मृत्यु भएका प्रति व्यक्त्तिलाई रु. ४००००। (चालिस हजार) र पूर्णरुपमा घर बगाई घरबार विहिन भएका प्रतिपरिवारलाई पनि रु. ४०००० (चालिस हजार)  आर्थिक सहयोग गर्ने ।
•    बाढी, पहिरो जाने उच्च जोखिम क्षेत्र पहिचान गर्न आवश्यक अध्यन अनुशन्धान गर्ने ।
•    आषाढ १ गतेको बाढि पहिरोबाट मृत्युभएका पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. २ का ठकुरी स्याङ्वो प्रति र्शोक प्रस्ताव पारित गरियो ।

आर्थिक वर्ष: