लेखा परीक्षकका लागि आशयपत्र पेश गर्ने सम्बन्धी सूचना !!!
लेखा परीक्षकका लागि आशयपत्र पेश गर्ने सम्बन्धी सूचना !!!
लेखा परीक्षकका लागि आशयपत्र पेश गर्ने सम्बन्धी सूचना !!!
प्रस्तुत विषयमा यस पाँचपोखरी थाङ्पाल गाउँपालिका अन्तर्गत सञ्चालित विद्यालयहरुको आ.व. २०८२/०८३ को आर्थिक लेखापरीक्षण गर्ने प्रयोजनार्थ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स (ICAN) मा दर्ता सूचीकृत भएका एवम् देहायका शर्तहरुको अधीनमा रही लेखापरीक्षण गर्न इच्छुक फर्म तथा लेखा व्यवसायीहरुले सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन (मिति २०८३/०८/२२ गते) भित्र तपसिलका कागजातहरु सहित यस कार्यालयको शिक्षा युवा तथा खेलकुद शाखामा निवेदन पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।
शर्तहरु:
1. नेपाल चार्टर्ड एकाउन्टेन्ट (ICAN) संस्थाबाट जारी भएको विद्यालय लेखापरीक्षण मार्गदर्शन, २०७९ बमोजिम लेखापरीक्षण गर्नुपर्नेछ ।
2. नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागले प्रकाशन गरेको कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२/०८३ मा उल्लेख भए बमोजिम आधारभूत तह सञ्चालित विद्यालयको हकमा बढीमा रु. १०,०००/- (अक्षरूपी दश हजार मात्र) र माध्यमिक तह सञ्चालित विद्यालयको हकमा बढीमा रु. १५,०००/- (अक्षरूपी पन्ध्र हजार मात्र) पारिश्रमिक लिई विद्यालयको लेखापरीक्षण गर्नुपर्नेछ ।
संलग्न गर्नुपर्ने कागजातहरु:
क) सम्बन्धित संस्थाको निवेदन ।
ख) लेखा परीक्षण इजाजत पत्र वा लेखा व्यवसायीको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि,
ग) आ.व. २०८२/०८३ को कर चुक्ता गरेको प्रमाण पत्रको प्रतिलिपि,
घ) आ.व. २०८२/०८३ को लागि लेखा व्यवसायी फर्म नवीकरण गरेको प्रमाणपत्रको प्रतिलिपि,
ङ) स्थायी लेखा नम्बर (PAN) र मूल्य अभिवृद्धि कर (VAT) प्रमाणपत्रको प्रतिलिपि
च) निवेदन दस्तुर बापत गाउँपालिका आर्थिक ऐन बमोजिम रु. ५००/- (अक्षरूपी पाँच सय मात्र) गाउँपालिकाको राजश्व शाखामा बुझाएको भौचरको प्रतिलिपि ।