FAQs Complain Problems

समाचार

वडा नं ८ लाँर्गाचे

पाँचपोखरी थाङपाल गाँउपालिकाको वडा नं.८ लागर्चे

राजधानी काठमाण्डौँ सँग जोडिएको सिन्धुपाल्चोक जिल्लाको उतर पश्चिम भेगामा पर्ने पाँचपोखरी थाङपाल गाँउ पालिकाको वडा न. ८ को मनोरम सुन्दर गाँउ हो लांगर्चे । भु–बनावटको आधारमा उच्च स्थान, भिरालो भु–बनोट रहेको छ । अध्ययन, इतिहास किबदन्तिका अनुसार  लांगर्चेको नाम तामाङ भाषा बाट रहन गएको पाइन्छ । तामाङ्ग भाषा अनुसार लांगर्चे भन्ने शब्द लाङ्गंं+चेतबाट बनेका हो । “लाङ्ग”को नेपाली भाषामा अर्थ हुन्छ गोरु र “चेत”को नेपाली अर्थ हुन्छ खर्क हुने भएकोले लाङ्गचेताको अर्थ गोरु चराउने खर्क भन्ने वुझिन्छ । पछि सो लांगचेत अपभ्रश भइ लांगर्चे रहन भन्ने भनाइ छ । अर्को मत अनुसार तामाङ्ग भाषको लाच अर्थात ला देवता(भगवान) च भनेको भनेको चढाउने ठाउँ भन्ने हुन्छ त्यसैले भगवान बेत्राबतीलाई देवीलाई चढाएको ठाउँ भएकाले त्यसको नाम लांङचे पछि लांगर्चे रहन गयो भन्ने किम्बदन्ती पाइन्छ । घरधुरी सर्वेक्षण २०७४/२०७५ अनुसार लांगर्चेको जातिय हिसाबले क्षेत्री समूदायको बाहुल्यता रहेको पाइन्छ जसअनुसार क्षेत्री २९१ जना रहेका छन उनीहरु प्रायजसो पेशाको हिसावले कृषीमा निर्भर छन वडाको तल्लो खाल्डे खोलाको भू–भाग देखि माथिल्ले लप्से सम्म छरिएर रहेका छन । धर्मको हिसाबले हिन्दु मान्दछन र हिन्दु धर्मको संस्कारअनुसारको चाडपर्व रीतिरिवाज परम्परा मान्ने गर्दछन । जातीय हिसाबले दोसो्र स्थानमा तामाङ जाति पर्दछन जसको संख्या २२२ जना छन धर्मको हिसाबले सबै बौद्ध मान्दछन यसै अनुसार सबै संस्कार, रीतिरिवाज, कर्म गर्दछन तामाङ्ग जातिहरु लांगर्चेेको लप्से भेगमा बाहुल्यता रहि आएको छ  ।

बाहुन जाति वडा नं. ८ मा जम्मा  ६७ घरधुरी छन जसमध्ये केही मात्रामा पुरोहि काम पनि गर्दछन प्राय भने कृषिमा नै निर्भर छन । यहाँ जम्मा नेवार संख्या १ जनामात्र रहेको छन धर्म हिन्दु मान्ने र व्यापारकोसिलसिलामा लांगर्चे आएर पाइन्छ । भूजेल जाति २८ परिवार छन पेशाको हिसावले कृषि र धर्मको हिसावले क्रिश्चियन र हिन्दु मान्दछन । गुरुङ जातिको जम्मा २८ जना सुनखानी भन्ने स्थानमा बस्दछन राडि पाखि र कृषिमा निर्भर भएका यी जाति हिन्दु र बौद्ध मान्दछन । माथिल्लो भेग ओखे्रनीमा शेर्पा जाति बसोवास गर्दछन्,  जसमा ३९ परिवार बस्छन र कृषि, पशुपालन गर्ने गर्छन् । यहाँको मुख्य बस्तीहरुमा ओख्रेनी, ओडारे, घ्याङटोल, गुरुङ टोल, लप्से, कोटगाँउ, आँगे, पूराना गाँउ, लाँगर्चे, तिपेनी, खाल्डेखोला आदि रहेका छन् ।   यहाँको प्रमुख पर्यटकीय स्थलको रुपमा हल्लिने ढुङ्गा (लाँगर्चे र ईन्द्रावती गाँउपालिकाको सिमानामा) , बेत्रावती मन्दिर,  ओख्रेनी पर्यटकीय गाँउ आदि रहेका छन् ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ८, लाँगर्चे

  • कुल क्षेत्रफल : १६.६७ वर्ग कि.मि
  • कुल घरधुरी : ८२७ घरधुरी
  • जनघनत्व : २०५.५१ प्रति वर्ग कि.मि
  • जातजाति : ब्राम्हण, क्षेत्री, तामाङ, शेर्पा, भुजेल, गुरुङ, परियार, विश्वकर्मा आदि ।
  • मुख्य चाडपर्व : दशैं, तिहार, सोनाम ल्होसार आदि

 

विद्यालयहरु 

  • लाँगर्चे माध्यामिक विद्यालय
  • नौलिङ्गेश्वरी आधारभुत विद्यालय
  • सरस्वती आधारभुत विद्यालय
  • बालज्योति आधारभुत विद्यालय
  • पञ्चकन्या आधारभुत विद्यालय

स्वास्थ्य संस्था

  • लाँगर्चे स्वास्थ्य चौकि
  • नौलिङ्गेश्वरी स्वास्थ्य ईकाइ
  • गाउँघर स्वास्थ्य क्लिनिक

धार्मिक तथा पर्यटकिय स्थलहरु : 

  • नौलिङ्गेश्वरी महादेवस्थान
  • ओख्रेनी गुम्बा
  • ओख्रेनी होमस्टे
  • गाउँपालिका प्रवेशद्वार खाल्डे
  • स्वस्थानी मन्दिर नागिडाँडा
  • भिमेश्वर मन्दिर सुनखानी
  • कालिदेवी थान कोटगाउँ
  • वेत्रावती मन्दिर लाँगर्चे
  • महादेव पिँडि कोले
  • शिव मन्दिर लाँगर्चे

कृषि पशुपालन :

  • हिमालयन जडिबुटि कृषि तथा पशु फर्म
  • रैथानेश्वर पाँचपोखरी कृषि फर्म प्रा.लि
  • सिउरेनी बाख्रा फर्म
  • वेत्रावती बाख्रा फर्म
  • हरियालि एकिकृत कृषि फर्म
  • भिमेस्थान एकिकृत कृषि तथा पशु फर्म
  • नौलिङ्गेश्वरी बाख्रा फर्म

पदाधिकारीहरुको विवरण:

क्र.म.

नाम

पद

सम्पर्क

फोटो

१.

श्री विष्णु खड्का

वडा अध्यक्ष

9808702700

९७४९३२६६०८

२.

श्री जीत बाहादुर तामाङ

वडा सदस्य

9823221522

३.

श्री अनिल गुरुङ

वडा सदस्य

9842529645

४.

श्री गिता धिताल

महिला सदस्य

9818223129

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कर्मचारीहरूको विवरण

क्र.स.

कर्मचारीको नामथर

पद

सम्पर्क नं.

फोटो

१.

श्री सुशिला कार्की

 वडा सचिब

9843587986

9823572925

९७४९३२६६१८

२.

श्री सुसिम रोकाया

अ.स.ई.

9808900052

 

३.

श्री दिपेन्द्र दुलाल

 पशु स्वास्थ्य प्राविधिक

9849071377

9803518916

४.

श्री रगु गुरुङ

कार्यलय सहयोगी

9803575076

५.

 

 

 

 

 

 

           

 

Ward Contact Number: 
9808702700