FAQs Complain Problems

समाचार

वडा नं ५ गुन्सा

  

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ५ गुन्सा

संस्कृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले गुन्सा धेरै पुरानो इतिहास भएको भन्ने ग्रन्थहरुमा उल्लेख छ भन्ने एक जना हिमाली संस्कृति ह्योल्मोका अध्येता न्हाक्पो लामा (फुर्बा सिंगी लामा) को भनाई छ । २४.२४ वर्ग कि मि क्षेत्रफल रहेको यस वडाको उत्तरमा पाँचपोखरी थाङपाल गाँउपालिकाको वडा नं ४, थाङपालकोट, दक्षिणमा पाँचपोखरी थाङपाल गाँउपालिकाबडा नं. ६ को लेखर्क टार तथा वडा नं.  ७ भोटेनाम्नाड, पूर्वमा जुगल गाँउपालिका र पश्चिममा पाँचपोखरी थाङपाल गाँउपालिकाको वडा नं.६, थाङपालधाप इन्द्रावति खोला तथा वडा नं २ बरुवा रहेका छन् । धेरै वर्ष पहिले थाङपालकोट र गुन्सा एउटै गाबिस थिए । थाङपाल गुन्सा हुनुपर्नेमा पछि गुन्सा कोट रहन गयो । यस थाङ्पालमा शुरुमा गोलेहरुको पुर्खा आएर बसोबास गरेको भन्ने ईतिहास छ । लगभग १२००-१३०० ई. संवतमा गोलेहरूको आगमन गुन्सामा भएको भन्ने भनाई छ । गोलेहरुको पुर्खा आउँदा बाँसखर्क, बरुवा र किउलको सिमानामा पर्ने डाँडा  (जसलाई गोदोज्यो भनिन्छ) वाट बोम्जन र गोलेको पुर्खाले पारी कुनामा सम्म र उज्यालो ठाँउ देखेको र को बस्ने भन्ने प्रतिस्पर्धामा तिर हान्दा गोलेको पुर्वाको थाङपाल र बोम्जनको पुर्खाको नाम्लाङमा लागेको किम्बदन्ती छ । यस तीरबाट लागेको ढुङ्गा पछि सम्म रहेको थियो भन्ने विश्वास रही आएको छ । तामाङ भाषाको थाङप्ला बाट नै अपभ्रंस भई थाङपाल भएको र यस क्षेत्रमा गोलेहरुले नै राज गरेको भन्ने भनाईहरु पनि रहेका छन् । गुन्सा नामाकरणमा एक रोचक प्रसंग छ, आज भन्द २४० बर्ष अगाडी चारैतिर अनिकाल भएर हाहाकार भएपछी त्यसको निवारण गर्न तार्केघ्याङ्बाट एकजना तिब्बती मुलका लामालाई गुन्सा झिकाईयो र उहाँलाई बुझ्न लगाउँदा ग्राम देवताहरु रिसाएको र रक्षक देवता रिसाएको, यहाँको प्रमुख देवता जगन्नाथ रिसाएको र मठ मन्दिरमा पूजा आजा राम्रोसँग नभएकोले यस्तो भएको भन्ने भयो । उहाँको नाम ख्याप्ता कर्म धुन्ज्योन (सर्वत्र नक्षत्र मसिनोधन) रहेछ । उहाँले मठ, मन्दिरको जिर्णोदार गराई महाकालको पूजा गरे पछि त्यसको प्रभावले नेपालभरमा नै राम्रो प्रभाव भयो। यस बापत उहीलाई राजा पृथ्वी नारायण शाहले विर्त्ता दिनु भएको थियो, जो अझै पनि गोरखनाथ गुठीको रुपमा कायम छ । यस प्रकार ख्याप्ता कर्म धुन्ज्योनले सबैलाई गुन लगाउनु भएकोले त्यस ठाँउको नाम गुण छ भन्दा भन्दै गुन्सामा परिणत भएको भन्ने यहाँका जेष्ठ नागरिक तथा फुर्वा सिंगी लामाको कथन छ । शिलापत्र भएको भू-भाग र सबभन्दा पुरानो गुम्बा १८८७ सालमा प्रमुख लामा दोर्जे ग्याल्बो लामाको नाममा लालमोहर प्राप्त भएको गुठ्ठी संस्थानको अभिलेखमा उल्लेख भएको भेटिन्छ र बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति अभिलेखमा वि.सं. १२०० सालमा स्थापना भएको देखिन्छ। गुन्मामा एउटा ठूलो ढुङ्गा छ,  जसलाई तामाङ भाषामा (मामयुङ्बा) भन्छ,  यसबाट नै पुरै गाउको हरेक सुचना दिने गर्छ भन्ने जनविश्वास रहेको छ । गोलहरुको उद्गम स्थलको रुपमा यस ठाँउलाई चिनिन्छ साथै गाँउपालिकाको नै सबैभन्दा पुरानो तथा एतिहासिक महत्व बोकेको गुम्बा पनि यसै ठाँउमा पर्दछ । प्राकृतिक श्रोतको दृष्टिकोणले संभावनायुक्त बाकेको यस वडा विकासका आधारस्तम्भका रूपमा रहेका छ । यस वडामा विशेष गरी तामाङ जातीको बाहुल्यता रहेको छ र केही मात्रामा दलित समुदाय र नेवार समुदायमा पनि रहेएका छन् । केही भाग ऐतिहासिक तथा बजार क्षेत्रको रूपमा रहेको वडामा साना व्यापार, तथा साना उद्योगहरु प्रति धान तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ । स्थानीय बासिन्दाको भाम्दानीको वैकल्पिक श्रोतको रूपमा वैदेशिक रोजगारी पनि रहेको छ । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक कृषि प्रणालीको विकासमा समेत लागिरहेका छन् । स्थानीय जनशक्ति मजदुरी नयाँ का लागि विभिने कम एको छ । अधिकांश घरमा विद्युतीकरण भएको छ र विद्युतीय उपभोगको पहुँचमा रहेका छन । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा सहजता हुनुने तथा बस्ती एकिकृत रुपमा रहेकाले कुनैपनि विकास निर्माणका कार्यहरुको पनि उपलब्धता हाँसिल भईरहेको छ । पाँचपोखरी थाङपाल गाँउपालिकाले २०७४/२०७५ गरेको घरधुरी सर्वेक्षण अनुसार यहाँको घरधुरी संख्या ६९० रहेको छ, कुल जनसंख्या ३२७१ रहेको छ भने महिलाको संख्या १५८२ र पुरुष १,६८९ रहेको छ । यहाँ पनि सबै भन्दा बढी ६५७ घरपरिवार तामाङ, दोस्रोमा नेवार १७ घरपरिवार र सबै भन्दा कम दलित जातीका जम्मा १६ घरपरिवार रहेका छन् । यस वडाको जनघनत्व १३४.९४ रहेको छ ।

विद्यालयहरु 

क्र.स.

विद्यालयको नाम

कैफियत

1

श्री सातकन्यमति माध्यमिक विद्यालय

 

2

कुम्भेश्वरी आधारभूत विद्यालय

 

 

स्वास्थ्य संस्था

क्र.स.

स्वास्थ्य संस्था

कैफियत

1

गुन्सा स्वास्थ्य चौकी

 

 

धार्मिक तथा पर्यटकिय स्थलहरु : 

क्र.स.

धार्मिक तथा पर्यटकीय स्थलको नाम

कैफियत

1

च्यो-चे सामुदायिक भवन

 

2

तोप्के झरणा

 

3

साङछ्योलिङ गुम्बा सामुदायिक भवन

 

4

सिलापत्र

 

5

छ्युर्तेन मानि

 

6

थाङपाल सङ्गाहलय

 

7

देउराली जनजाकृती सामुदायिक भवन  

 

कृषि पशुपालन :

क्र.स.

फर्मको विवरण

कैफियत

1

साङछ्योलिङ हर्ब्रो एग्रो फर्म

 

2

आर.जि. कृषि तथा पशुपालन फर्म

 

3

राधा कृषि किवि तथा कृषि फर्म

 

4

निमा कृषि तथा पशुपालन फर्म

 

5 थाङ्पाल एग्रो फरेष्टी  
6 ज्वाईँ जेठान धसिँगरे उद्योग  
7 ब्राईट मल्टिप्रपोज सर्भिसेज प्रा.लि.  

 

 

 

कर्मचारीहरूको विवरण

क्र.स.

कर्मचारीको नामथर

पद

सम्पर्क नं.

फोटो

1

श्री नेत्रबहादुर तामाङ

वडा सचिव

9849844113

९७४९३२६६१५

 

       

3

श्री अविशा चालिसे

कृषि प्राविधिक

9813059495

4

श्री सुनिल ढकाल

पशु स्वास्थ्य प्राविधिक

9840923352

5

फुलमान तामाङ

कार्यालय सहयोगी

9614993943

 

पुर्व वडा पदाधिकारीहरुको विवरण:

क्र.म.  

नाम

पद

सम्पर्क

फोटो

१.

श्री काले गोले

वडा अध्यक्ष

9611094952

९७४९३२६६०५

२.

श्री पदम बाहादुर तामाङ

वडा सदस्य

9851004218

३.

श्री एक्का तामाङ

वडा सदस्य

9616370638

४.

श्री मन्दिरा वि.क

महिला सदस्य

9860165419

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Ward Contact Number: 
9851339017

वडा पदाधिकारी

फोन:
९७४९३२६६०५
Email:
panchpokharimun5@gmail.com
फोन:
9849844113/9749326615
Email:
panchpokharimun5@gmail.com