FAQs Complain Problems

समाचार

वडा नं ३ भाेताङ

पाँचपाेखरी थाङपाल गाउँपालिका वडा नं ३ भाेताङ                          

पाँचपोखरी थाङपाल गाँउपालिकाको अर्को भौगोलिक विविधतायुक्त भूभाग भोताङ हो । २८.६२ + १५७.९८  वर्ग कि.मि. क्षेत्रफल रहेको यस वडाको पूर्वमा लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्र, पश्चिममा पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं.२ (बरुवा) र वडा नं ६  (थाङपालधापा), उत्तरमा यसै गाँउपालिकाको वडा नं.२ (बरुवा) तथा दक्षिण तर्फ पाँचपोखरी थाङपाल गाँउपालिका बड़ा न ४ (थाङपालकोट) अवस्थित छ । भोताङ दुई शब्द "भे" र "ताङ" मिलेर बनेको बुझिन्छ । तिब्बती भाषामा “भे' को अर्थ लुकेको ठाँउ, गुप्त स्थान भन्ने बुझिन्छ भने "थाङ्" ले पवित्रता जनाउँछ । यसलाई समष्टि रुपमा भन्नु पर्दा मानिसको आँखाबाट गुप्त रहेको पवित्र स्थान भन्ने बुझिन्छ । झट्ट हेर्दा भोताङको धेरै भूभाग बाहिरबाट देखिदैन, लुकेको छ र यो शब्दको सार्थकता पुष्टि हुन्छ । कालान्तरमा जनजिब्रोमा भेषाङबाट भोताङमा रुपान्तरण हुन गएको भन्ने बुझिन्छ । त्यस्तै, "भे" भनेको भोट तिब्बत) र “थाङ" को अर्थ चउर (सम्म परेको भाग) अर्थ जनाउछ भन्ने एकाथरीका मानिसहरुको भनाई रहेको छ । तसर्थ भोताङ भन्नाले सम्म परेको भोट क्षेत्र बुझिन्छ । भो' को अर्थ भोट र "ताङ' को अर्थ भाँडा कुंडा जनाउँछ । तिब्बतबाट व्यापारीहरुले भाँडा कुंडाको व्यापार गर्दै यहाँ आएर बसेको हुनाले तामाङ भाषा अनुसार भोताङ नाम रहन गएको भन्ने विश्वास रहेको छ । त्यस्तै यस ठाँउका मानिसहरु पहिले भोट बाट आएर बसेको हुनाले यसै बाट अपभ्रंश भई भोटाङ हुदै भोताङ रहेको भन्ने पनि एकाथरी मानिसहरुको भनाई रहेको छ तर यसको सत्यता पुष्टि हुने खासै आधारहरु भेटिएका छैनन् । जहाँ विभिन्न किसिमका मठ मन्दिर, प्राकृतिक सम्पदा र सास्कृतिक धरोहर रहेका छन् ।

यस गाँउपालिकाको अत्यन्त रमणीय, दर्शनीय तथा ऐतिहासिक तिर्थस्थल तथा विश्वका प्रशिद्ध अग्लो स्थानमा रहेको हिमताल मध्ये नौं स्थानमा रहेको पाँचपोखरी छ, जसको उचाई ४१०० मिटर रहेको छ । जुन यस ठाँउ तथा पूरै गाँउपालिकाको गौरबको रुपमा रहेको छ । यसका अलावा यही अन्य ऐतिहासिक हवेली, मानम, डुप्वाङ, अमिलो पानी तथा ड्रागन गुफा जस्ता महत्वपूर्ण स्थानहरु रहेका छन् । यहाँ थार्पा ग्याल्बोहरु आज भन्दा २७० वर्ष अगाडी भोटको केरुङ, माङ्ग्योलबाट ह्योल्मो गोछालिग हुदै भोताङमा आएको पाईन्छ ।

यहाँको मुख्य बाली तथा यहाँको प्रमुख उत्पादन भनेको लेकाली आलु हो । यहाँका पनि अधिकांश मानिसहरु रोजगारीको सिलसिलामा देश बाहिर रहेका छन्, साथै यहाँका धेरै जसो मानिसहरु व्यापार व्यवसाय गर्दछन् । यहाँ वर्षेनी पाँचपोखरी धार्मिक स्थल घुम्न हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । यहाँको मुख्य बस्तीहरुमा यासां, ठूलो भोताङ, मजुबा, छिम्ती, म्यूगांउ, घ्यालसिङ रहेका छन्। पाँचपोखरी थाङपाल गाउपालिकाले २०७४/२०७५, गरेको घरधुरी सर्वेक्षण अनुसार यहाँको घरधुरी संख्या ९५४ रहेको छ, कुल जनसंख्या ४८१३ रहेको छ, भने महिलाको संख्या २,३०३ र पुरुष २,५१० रहेको छ । यहाँ सबैभन्दा बढी ८८९ घरपरिवार तामाङ, दोस्रोमा ह्योल्मो ३२ परिवार, तेस्रोमा दलित ३० परिवार र सबैभन्दा कम नेवार जातीका जम्मा ३ घरपरिवार रहेका छन् । यहाँको जनघनत्व १६८.१६ रहेको छ ।

विद्यालयहरु 

  •  

स्वास्थ्य संस्था

  •  

धार्मिक तथा पर्यटकिय स्थलहरु : 

  •  

कृषि पशुपालन :

  •  

कर्मचारीहरुको विवरण:

क्र.म.

नाम

पद

सम्पर्क

फोटो

१.

अल्लारे वाईवा

वडा सचिब

9749326613

 

२.

सुबास लामा

अ.स. ई

9863396099

 

३.

रविन ढुंगाना

 जेटिए

9840181461

 

४.

हिमाल स्याङ्वो

 का.स.

 

 

५.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कर्मचारी विवरण 

पुर्व वडा पदाधिकारीहरुको विवरण:

क्र.म.

नाम

पद

सम्पर्क

फोटो

१.

श्री ङिमा छिरिङ्ग तामाङ्ग

वडा अध्यक्ष

९८१३१२०८५२

९७४९३२६६०३

२.

श्री देउ बाहादुर तामाङ

सदस्य

९८०३४०७२९१

३.

श्री सि‍‌ग बहादुर तामाङ

सदस्य

९६१११९३९६४

४.

श्री मीना कुमारी तामाङ

महिला सदस्य

९७४१४१६९६०

५.

श्री उषा सुनार

महिला सदस्य

९८१८८२९१५८

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Population: 
४८१३
Ward Contact Number: 
९७४९३२६६१३